सङ्खुवासभामा निर्वाचन चहलपहल बढ्दो : मतदानस्थल र मतदान केन्द्रको अनुगमन जारी « Khabarhub

सङ्खुवासभामा निर्वाचन चहलपहल बढ्दो : मतदानस्थल र मतदान केन्द्रको अनुगमन जारी


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

किमाथांका– सङ्खुवासभामा आसन्न प्रतिनिधिसभा सदस्य  निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्रको अनुगमनलाई तीव्र बनाइएको छ । 

यसक्रममा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया सहित मुख्य निर्वाचन अधिकृत तथा जिल्ला सुरक्षा समितिका अन्य पदाधिकारीले मतदानस्थल र मतदान केन्द्रको अनुगमनलाई जारी राखेकी छन् । 

यसक्रममा टोलीले मतदान केन्द्रको भौतिक अवस्था, सुरक्षा चुनौतीदेखि मतपेटीका व्यवस्थापन र मतदाताको सुरक्षालगायतका विषयमा जानकारी लिएको छ  । 

निर्वाचनको समय नजिकिँदै जाँदा गाउँमा चुनावी उत्साह एवं चहलपहल बढिरहेको छ । विभिन्न कारणले गाउँबाहिर रहेकाहरू घर फर्कन थालेका छन् । उम्मेदवारहरू चुनावी ‘एजेण्डा’ लिएर मतदाताको घरदैलोमा पुगेका छन् । 

यही अवस्थामा जिल्ला सुरक्षा समिति प्रत्येक मतदान केन्द्र र मतदानस्थलको अनुगमन गरेर जोखिमको विश्लेषण गरिरहेको छ ।  जिल्लाका १० स्थानीय तहमध्ये आठ स्थानीय तहअन्तर्गत मतदानस्थल तथा मतदान केन्द्रको अनुगमन सकिएको प्रमुख जिल्ला अधिकारी थपलियाले जानकारी दिइन् । 

मादी र धर्मदवी नगरपालिकाबाहेक अन्य अधिकांश मतदानस्थल तथा मतदान केन्द्रको अनुगमन सकिएको उनले बताए। भौगोलिक विकटता, यातायातको असुविधा, सञ्चार, खानेपानी, बिजुलीसहितका आधारभूत विषयहरूको व्यवस्थापनका लागि समन्वयसमेत गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी थपलियाले भनिन्, ‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन उच्च प्राथमिकताका साथ काम गरिरहेका छौँ ।’

जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र छन्  । जिल्लामा अति संवेदनशीलता आठ , संवेदनशील ८२ र सामान्य १९ छन् । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको छ । अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थललाई हेरेर सुरक्षा रणनीति बनाइएको छ । 

एकीकृत जिल्ला सुरक्षा २०८२ बमोजिम कायम गरिएका मतदानस्थल र मतदान केन्द्रको सुरक्षाका लागि जिल्लाका तीनवटै सुरक्षा निकायको एकीकृत योजनालाई कार्यान्वयन गरिइएको छ । 

मतदानस्थल अनुगमनमा क्रममा प्रमुख जिल्ला अधिकारी थपलिया सहित  मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश  राजकुमार कोइराला, आचारसंहिता अनुगमन अधिकृत चिरञ्जीवी अधिकारी, प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली, सशस्त्र प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल, इन्द्र दल गुल्मका सहसेनानी बाबुकाजी बस्नेत, राष्ट्रिय अनुसन्धानका प्रमुख रामअचल साहलगायतको सहभागिता थियो । 
 
एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ६२ हजार १७२ पुरुष र ५७ हजार ४५८ महिलासहित एक लाख १९ हजार ६३० मतदाता छन् । निर्वाचनका लागि जिल्लामा तीन महिलासहित १६ चुनावी मैदानमा छन् । जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा उत्रिएका छन् । 
 

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ५ : ०८ बजे

वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक छ : वनमन्त्री चौलागाईं

काठमाडौं- वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मुलुक समृद्धिका लागि वातावरण

नेपाल फर्मा एक्स्पो फागुनमा हुने

काठमाडौं– नेपाल औषधि उत्पादक संघले दशौ संस्करणको नेपाल फर्मा एक्स्पो

‘आचार्य’को सुटिङ सक्काए लगत्तै निखिल ‘कस्तुरी’मा जोडिए, जोडी बर्षा सिवाकोटी

काठमाडौं – आफ्नो निर्देशनमा फिल्म ‘आचार्य’को सुटिङ सक्काए लगत्तै नायक

इजरायलद्वारा वेस्ट ब्यांकबाट २३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्यांकका विभिन्न

निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ

रौतहट– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत