मेक्सिकामा जफत हतियारमध्ये ७७ प्रतिशत अमेरिकाबाटै आएको खुलासा « Khabarhub

मेक्सिकामा जफत हतियारमध्ये ७७ प्रतिशत अमेरिकाबाटै आएको खुलासा


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मेक्सिकोमा पछिल्ला केही वर्षमा जफत गरिएका अवैध हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाट आएको खुलासा भएको छ। मेक्सिकोका रक्षा सचिव रिकार्डो ट्रेभिल्ला ट्रेजोले मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्।

उनका अनुसार सुरक्षाकर्मीहरूले विगत केही वर्षमा करिब १८ हजार अवैध हतियार बरामद गरेका छन्। तीमध्ये अधिकांश हतियार अमेरिकाबाट सिमापार भित्रिएको पाइएको छ।

पत्रकार सम्मेलनमै राष्ट्रपति क्लाउडिया शैनबाउमले ती हतियार संगठित अपराध समूहको हातमा कसरी पुगे भन्ने विषयमा गहिरो अनुसन्धान आवश्यक रहेको बताइन्। उनले ड्रग तस्करी र सिमापार हतियार तस्करीलाई मेक्सिकोले सामना गरिरहेको प्रमुख सुरक्षा चुनौतीका रूपमा उल्लेख गरिन्।

राष्ट्रपति शैनबाउमले आपराधिक गिरोहलाई कमजोर पार्न र देशको सुरक्षा सुदृढ बनाउन अन्तर्राष्ट्रिय सहकार्य अनिवार्य रहेको बताइन्। विशेष गरी अमेरिकासँगको सुरक्षा तथा सशस्त्र समन्वय अझ प्रभावकारी बनाउनु आवश्यक रहेकोमा उनले जोड दिइन्।

यस खुलासाले अमेरिका–मेक्सिको सीमाबाट हुने अवैध हतियार ओसारपसारको समस्या फेरि एकपटक चर्चामा ल्याएको छ। प्रायः सिमापार तस्करीमार्फत अवैध हतियारहरू गिरोह र आपराधिक नेटवर्कसम्म पुग्ने गरेको बताइएको छ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ५ : ४१ बजे

दोलखामा हवाई फायर, मतदान स्थगित

काठमाडौं– दोलखाको तामाकोशीस्थित मालु मतदान केन्द्रमा विवाद हुँदा हवाई फायर गरिएको

देशभर ५.४७ प्रतिशत मत खस्यो

काठमाडौं– निर्वाचन आयोगका अनुसार देशभर ५. ४७ प्रतिशत मतदान भएको छ

सुदुपश्चिमको २ र कर्णालीको ६ वटा मतदान केन्द्रमा मतदान हुन सकेन 

काठमाडौं– आज देशैभरी मतदान हुँदा सुदूरपश्चिमको २ वटा मतदान केन्द्र

गृहमन्त्रीसहित उच्च अधिकारीको टोलीबाट निर्वाचनको मनिटरिङ

काठमाडौँ – निर्वाचन सुरक्षाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार

बाबुराम भट्टराईले गरे मतदान

गोरखा– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेका छन् ।