नेपाल फर्मा एक्स्पो फागुनमा हुने « Khabarhub

नेपाल फर्मा एक्स्पो फागुनमा हुने


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल औषधि उत्पादक संघले दशौ संस्करणको नेपाल फर्मा एक्स्पो फागुनको अन्तिम साता काठमाडौंमा आयोजना गर्ने भएको छ ।  

संघले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै फर्मामा नवीनता : भोलिको स्वास्थ्यका लागि भन्ने नाराका साथ आगामी फागुन २८ देखि ३० गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा १० औं नेपाल फर्मा एक्स्पो आयोजना गर्न लागिएको जनाएको हो ।

नेपाली औषधि उद्योगको विकास र प्रवद्र्धन गर्नका साथै निर्यात गर्न योग्य नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्दतिका बारेमा जानकारी गराउने उद्देश्यले फर्मा एक्स्पो आयोजना गर्न लागेको संघले जनाएको छ ।

औषधी उत्पादनको प्रक्रिया, औषधीको गुणस्तर र मापदण्डका बारेमा एक्स्पोबाट जानकारी प्राप्त गर्न सकिने संघका अध्यक्ष विप्लव अधिकारीले जानकारी दिए । उनले अहिले नेपालमा नै विश्वस्तरको औषधि उत्पादनका साथै अन्य देशमा समेत निर्यात हुने गरेको बताए ।

एक्स्पोमा औषधी उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, कच्चा पदार्थ, प्याकिङ उत्पादक र मेसिनरी लगाएतका करिव २ सय भन्दा बढि स्टलहरु रहने आयोजकले जनाएको छ । त्यस्तै स्वदेशी औषधि उद्योगका उत्कृष्ट उत्पादनहरूको समेत प्रदर्शन गरिने संघले जानकारी दिएको छ । 


प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ६ : ३९ बजे

कञ्चनपुरको बजैनाथ मावि सङ्कटमा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित बजैनाथ माध्यमिक विद्यालयमा जीर्ण भवन,

सुशासन मार्गचित्र : लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

काठमाडौं– सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले औद्योगिक

पत्रकार महासङ्घको स्थापना दिवसमा ६ पत्रकार पुरस्कृत

दमौली– नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा तनहुँमा ६

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी

कृषि विषयको अनुसन्धानमा कर्णाली सरकारको पाँच लाख सहयोग

कर्णाली– कर्णाली प्रदेश सरकारले कृषि विषयको अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि