वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक छ : वनमन्त्री चौलागाईं « Khabarhub

वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक छ : वनमन्त्री चौलागाईं


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मुलुक समृद्धिका लागि वातावरण संरक्षणसँगै दिगो पूर्वाधार विकास आवश्यक रहेकामा जोड दिएका छन्  ।

नेपाल वातावरण पत्रकार समूह र ‘अर्थ जर्नालिजम नेटवर्क’को संयुक्त आयोजनामा आयोजित कार्यक्रममा उनले दुवै विषयसँग सम्बन्धित मन्त्रालयको जिम्मेवारी हाल आफूले सम्हालेको र सोहीअनुसार समन्वय गरिरहेको जानकारी गराए ।

मन्त्री चौलागाईंले मुलुक समृद्धि र जनताको आयआर्जन वृद्धिका लागि प्राकृतिक स्रोतको दिगो उपयोगमा जोड दिँदै यसमा सञ्चार क्षेत्रको समन्वयकारी भूमिका महत्त्वपूर्ण हुने बताए  ।

उनले जनतालाई सुशासनको प्रत्याभूति प्रदान गर्न तीनै तहका सरकार र सरोकारवाला निकाय सबैले जिम्मेवारी निर्वाह गर्नुपर्ने र भएका कानुन कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गरे । 

मन्त्री चौलागाईंले भने, ‘तीनै तहका सरकारबीच संविधानअनुसारको सहकार्य र समन्वयको मर्म आत्मसात् नहुँदा सङ्घीयता दिगो हुन सक्दैन, त्यसैले सबै तहका सरकारले आफ्नो जिम्मेवारीअनुसार कर्तव्य निर्वाह गर्नु आवश्यक छ ।’

कार्यक्रममा नेपालस्थित युरोपियन युनियनका राजदूत भेरोनिक्यू लोरेन्जोले वातावरण संरक्षण गर्न, विपद्का समयमा जनताका आवाज बुलन्द गर्न र जनताका मुद्दा सरोकारवालासम्म पुर्‍याउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताइन् । 

अर्थ जर्नालिजम नेटवर्कका एसिया क्षेत्रीय प्रबन्धक एमी सिमले नेटवर्ककाबारेमा अवगत गराउँदै वातावरण पत्रकारहरूले वातावरण संरक्षणमा कसरी योगदान गरिरहेका छन् भन्नेबारे चर्चा गरे  ।

अर्थ जर्नालिजम नेटवर्कका दक्षिण एसिया संयोजक रमेश भुसालले सामाजिक सञ्जालको तीव्र विकासपछिको वर्तमान अवस्थामा पत्रकारिताका नयाँ आयामबारेमा प्रस्तुति दिँदै सञ्चार क्षेत्रले प्राकृतिक स्रोत व्यवस्थापन तथा हरित आर्थिक वृद्धिमा गर्न सक्ने भूमिकाका बारेमा जानकारी गराएका थिए ।

उद्घाटनपछि समूहगत छलफलमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष डा जुद्धबहादुर गुरुङ, पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेल, विश्व वन्यजन्तु कोषका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङ, निवर्तमान सांसद प्रतिमा गौतम, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका महासचिव पार्वता गौतमले प्राकृतिक स्रोत व्यवस्थापन तथा हरित आर्थिक वृद्धिका लागि गर्नुपर्ने नीतिगत सुधार र सञ्चार क्षेत्रको भूमिका बारेमा आआफ्ना धारणा व्यक्त गरेका थिए । 

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ६ : ४५ बजे

पत्रकार महासङ्घको स्थापना दिवसमा ६ पत्रकार पुरस्कृत

दमौली– नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा तनहुँमा ६

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी

कृषि विषयको अनुसन्धानमा कर्णाली सरकारको पाँच लाख सहयोग

कर्णाली– कर्णाली प्रदेश सरकारले कृषि विषयको अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि

मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध

सुरुङ्गा– पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा

तोलामा २ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँ