तिब्बतमा १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई गुम्बा प्रवेशमा रोक « Khabarhub

तिब्बतमा १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई गुम्बा प्रवेशमा रोक


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिब्बतमा १८ वर्षभन्दा कम उमेर समूहका केटाकेटीलाई गुम्बा प्रवेशमा रोक लगाइएको छ । चिनियाँ सामाजिक सञ्जाल विच्याटमा यसबारे भिडियो प्रकाशित भएपछि चौतर्फी आलोचना शुरु भएको छ ।

विच्याटमा सार्वजनिक भएको भिडियोमा तिब्बतको खाम क्षेत्रमा रहेको एउटा गुम्बामा १८ वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई प्रवेश निषेध लेखिएको छ ।

यसबाट धार्मिक गतिविधिमा बालबालिकाको संलग्नता निरुत्साहित गर्ने चिन्ता पैदा भएको छ । जनवरी र फेब्रुअरी महिनामा पर्ने हिउँदे बिदाको बेलामा तिब्बती बालबालिका आफ्ना अभिभावकसँग धार्मिक स्थाल जाने गर्छन् ।

उनीहरुलाई धार्मिक गतिविधिमा रोक लगाउनका लागि चीन सरकारले हिउँदे बिदाको मौका छोपेर नयाँ नियम ल्याएको हुनसक्ने आँकलन गरिएको छ ।

तिब्बत वाचमा शोधकर्ताको काम गर्दै आएको डा. सोनम टोब्ग्यालले तिब्बती सँस्कृतिको पुस्तान्तरण रोक्नका लागि नयाँ नियम ल्याइएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ४ : ३८ बजे

काठमाडौँ १ बाट रास्वपाकी रञ्जुको विजयी घोषणा तयारी : आठ हजार ७५७ मतको अग्रता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा)ले काठमाडौँ १ बाट विजयी

काठमाडौँ–५, ९ र १० मा रास्वपा अघि

काठमाडौं– पछिल्लो मतपरिणामअनुसार काठमाडौँ क्षेत्र नं ५, ९ र १०

कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला 

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको

मोरङ- ३ मा श्रम संस्कृति अगाडि

बेलबारी– जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो  परिणामअनुसार मोरङ ३

५६ ठाउँमा मतगणना हुँदा ४४ क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजा