राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्न सविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव « Khabarhub

राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्न सविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

प्रेस मञ्च नेपाल सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई तिहाईको सरकारको दम्भले राजनीतिक अस्थिरता उत्पन्न गरी देशलाई द्वन्द्वमा फसाएको आरोप लगाए ।

उनले भने, “सङ्क्रमणकालीन अवस्थाबाट देशलाई लयमा ल्याउने माध्यम निर्वाचन नै हो, तर निर्वाचनले देशलाई सही मार्ग ल्याए पनि मुलुकको निकासका लागि संविधान संशोधन गर्नुपर्छ ।”

संविधानले ग्यारेन्टी गरेको सङ्घीयता, प्रतिनिधित्व, स्वायत्त र संरक्षित क्षेत्रजस्ता राज्य पुनसंरचनाको मूलभूत विषयलाई कार्यान्वयन र दिगो व्यवस्थापन गर्नुभन्दा दबाउने दुस्साहसले जनतामा असन्तोष बढेको अध्यक्ष यादवको भनाइ थियो ।

अध्यक्ष यादवले सप्तरी विकासमा अगाडि छ भन्ने सन्देश दिन आफूले अन्य ठाउँ छोडेर यहाँबाट उम्मेदवारी दिएको बताउँदै बहुदलीय व्यवस्था आएपछि ३० वटा प्रधानमन्त्री फेरिए पनि जिल्लामा कुनै परिवर्तन नदेखिएको भन्दै दुःख व्यक्त गरे ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ९ : ३६ बजे

अपांगता भएका व्यक्तिलाई एनएमबि बैंकको सहायता सामाग्री

काठमाडौं– एनएमबि बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको भेरिगङ्गा नगरपालिकामा

नवनिर्वाचित सांसदहरूको शपथ सुरू (लाइभ)

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम

हर्कले भने : सरकारको सकारात्मक काममा साथ दिन्छौँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी

जेन-जी आन्दोलनका २९ घाइतेको बयान : बिना चेतावनी प्रहरीले गोली चलायो 

काठमाडौं– गत भदौ ३ र २४ गते राजधानीका विभिन्न स्थानमा

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ ।