राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्न सविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव « Khabarhub

राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्न सविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

प्रेस मञ्च नेपाल सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई तिहाईको सरकारको दम्भले राजनीतिक अस्थिरता उत्पन्न गरी देशलाई द्वन्द्वमा फसाएको आरोप लगाए ।

उनले भने, “सङ्क्रमणकालीन अवस्थाबाट देशलाई लयमा ल्याउने माध्यम निर्वाचन नै हो, तर निर्वाचनले देशलाई सही मार्ग ल्याए पनि मुलुकको निकासका लागि संविधान संशोधन गर्नुपर्छ ।”

संविधानले ग्यारेन्टी गरेको सङ्घीयता, प्रतिनिधित्व, स्वायत्त र संरक्षित क्षेत्रजस्ता राज्य पुनसंरचनाको मूलभूत विषयलाई कार्यान्वयन र दिगो व्यवस्थापन गर्नुभन्दा दबाउने दुस्साहसले जनतामा असन्तोष बढेको अध्यक्ष यादवको भनाइ थियो ।

अध्यक्ष यादवले सप्तरी विकासमा अगाडि छ भन्ने सन्देश दिन आफूले अन्य ठाउँ छोडेर यहाँबाट उम्मेदवारी दिएको बताउँदै बहुदलीय व्यवस्था आएपछि ३० वटा प्रधानमन्त्री फेरिए पनि जिल्लामा कुनै परिवर्तन नदेखिएको भन्दै दुःख व्यक्त गरे ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ९ : ३६ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका