पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित « Khabarhub

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् । नेपाली कम्युनिस्ट पार्टीले उनलाई पार्टीबाट निष्काशन गरेको जानकारी प्रदेश सभालाई गराएको छ ।

कर्णाली प्रदेशसभामा दलका प्रमुख सचेतक कृष्ण जिसीले प्रदेशसभाबाट निष्काशन भएको जानकारी गराउँदै प्रदेश सभा सदस्यबाट हटाउन पत्र पठाएका हुन् ।

नेकपाले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

माघ २६ मा बसेको नेकपाको केन्द्रीय समिति बैठकले शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

नेकपाको कर्णाली प्रदेश संसदीय दलको बैठकले शर्मालाई प्रदेशसभा सदस्यबाट पनि हटाउने भएको छ ।

जिसीका अनुसार, प्रदेशसभा सचिवालयलाई जानकारी दिइएको पत्रमा नेता शर्मा पार्टीको नीति, सिद्धान्त, उद्देश्य र आचरणविपरित गतिविधिमा संलग्न भएको उल्लेख गरिएको छ । सोही आधारमा उनलाई केन्द्रीय समिति लगायत सम्पूर्ण जिम्मेवारीबाट हटाउँदै पार्टी सदस्यताबाट निष्कासन गरिएको जनाइएको छ ।

पत्रमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा .(२) र (५) बमोजिम पार्टी सदस्यबाट निष्कासन भएपछि प्रदेशसभा सदस्य पद समेत नरहने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै आवश्यक कारबाही गर्न प्रदेशसभा सचिवालयलाई अनुरोध गरिएको जनाइएको छ ।

शर्मा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट कर्णाली प्रदेशको मुख्यमन्त्री भइसकेका थिए ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ९ : ४५ बजे

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन डीसी- इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई

रवि-बालेन्द्रले नै सबै मन्त्रीको नाम टुंग्याउने, केन्द्रीय समितिमा छलफल नहुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार