फिल्म ‘मुक्तिपुर’को छायाङ्कन सुरू « Khabarhub

फिल्म ‘मुक्तिपुर’को छायाङ्कन सुरू


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘मुक्तिपुर’को टोली शुभ मुहूर्तसँगै छायाङ्कनमा निस्किएको छ । काठमाडौंको बसुन्धारमा रहेको इन्द्रायणी मन्दिरमा पूजा गरेर टोली मंगलबारबाटै छायाङ्कनमा निस्किएको हो ।

सुनील पाण्डेको निर्देशनमा बन्न लागेको यस फिल्ममा नाजिर हुसेन, गौरव पहारी, प्रकाश शाह र एवनराज उप्रेती प्रमुख भूमिकामा छन् ।

साहिबा फिल्मस प्रोडक्सन ब्यानरले एभरेष्ट फिल्म एकेडेमीसँगको सहकार्यमा यो फिल्म बन्न लागेको हो । फिल्मको कथा पनि निर्देशक पाण्डे आफैँले लेखेका हुन् ।

क्राइभ रिभेञ्ज जनराको कथामा फिल्म बन्ने निर्देशक पाण्डेले बताए । उनले भने, ‘एक परिवारको प्रतिनिधित्व गरेको पात्रको जीवनमा घट्ने महत्वपूर्ण घटना र त्यसले उत्पन्न गर्ने परिस्थिति पश्चात उसले गर्ने संघर्ष र सफलताको कथा फिल्मले बोल्नेछ ।’

४० दिनमा छायाङ्कन सक्ने निर्देशक पाण्डेको योजना छ । छायाङ्कनपछि फिल्मको प्रदर्शन मिति तोक्ने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ८ : २७ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा