फिल्म ‘मुक्तिपुर’को छायाङ्कन सुरू « Khabarhub

फिल्म ‘मुक्तिपुर’को छायाङ्कन सुरू


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘मुक्तिपुर’को टोली शुभ मुहूर्तसँगै छायाङ्कनमा निस्किएको छ । काठमाडौंको बसुन्धारमा रहेको इन्द्रायणी मन्दिरमा पूजा गरेर टोली मंगलबारबाटै छायाङ्कनमा निस्किएको हो ।

सुनील पाण्डेको निर्देशनमा बन्न लागेको यस फिल्ममा नाजिर हुसेन, गौरव पहारी, प्रकाश शाह र एवनराज उप्रेती प्रमुख भूमिकामा छन् ।

साहिबा फिल्मस प्रोडक्सन ब्यानरले एभरेष्ट फिल्म एकेडेमीसँगको सहकार्यमा यो फिल्म बन्न लागेको हो । फिल्मको कथा पनि निर्देशक पाण्डे आफैँले लेखेका हुन् ।

क्राइभ रिभेञ्ज जनराको कथामा फिल्म बन्ने निर्देशक पाण्डेले बताए । उनले भने, ‘एक परिवारको प्रतिनिधित्व गरेको पात्रको जीवनमा घट्ने महत्वपूर्ण घटना र त्यसले उत्पन्न गर्ने परिस्थिति पश्चात उसले गर्ने संघर्ष र सफलताको कथा फिल्मले बोल्नेछ ।’

४० दिनमा छायाङ्कन सक्ने निर्देशक पाण्डेको योजना छ । छायाङ्कनपछि फिल्मको प्रदर्शन मिति तोक्ने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ८ : २७ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको