भस्मेखोला निमकोट लप्से सिँचाइ कुलो निर्माण धमाधम हुँदै « Khabarhub

भस्मेखोला निमकोट लप्से सिँचाइ कुलो निर्माण धमाधम हुँदै


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-३ निमकोट र लप्सेका खेतीकिसानका लागि महत्त्वपूर्ण सिँचाइ कुलो निर्माण भइरहेको छ । यहाँका स्थानीयलाई लक्षित गरेर अहिले भस्मेखोला देखि अर्चले निमकोट लप्से बेसीँका स्थानीयले खेतीपातीको समय भोग्दै आएको सिँचाइ अभाव अब झेल्न नपर्ने भएको छ ।

यहाँका किसानको सहजताको लागि अहिले एडिबीको अनुदान सहयोग तथा नेपाल सरकारको समन्वयमा धमाधम भस्मेखोला देखि निमकोट लप्सेको ६० हेक्टर क्षेत्रको लागि दुई हजार दुई सय मिटर लामो सिँचाइ कुलो निर्माण भइरहेकाले यस अघि देखिँदै आएको सिँचाइ अभाव अब यहाँका किसानले भोग्नुपर्ने भएको छ ।

 यस अघि यस क्षेत्रका किसानले आकासे वर्षा र अस्थायी कुलोबाट पानी ल्याएर खेती गर्नुपर्ने बाध्यता थियो । तर एडिबीको दुई करोड ३२ लाख अनुदान सहयोगमा अहिले धमाधम पक्की आरसीसी ढलान कुलो निर्माण जारी रहेकाले जेठ अघि नै पक्की कुलोबाट खेतीपातीको लागि सिँचाइ उपभोग गर्न पाउने हुँदा पुरानो सिचाइ अभावको समस्या दीर्घकालीनरूपमा सहज हुन लागेको वैतेश्वर-३ का स्थानीय एवं सिंचाइकुलो निर्माणको लागि विगत लामो समयदेखि पहल गर्दै आएका स्थानीय मनिक तामाङले बताए ।

कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका तामाङले मजुवाको भस्मे खोला देखि वैतेश्वर-५ को निमकोट-लप्सी खेतसम्मनै सिँचाइ पुर्याउन अहिले पक्की कुलो निर्माणको काम करिब ७० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए ।

कुलो निर्माण एडिबीको अनुदान सहयोगमा ठेक्का र उपभोक्ता समिति मार्फत निर्माण भइरहेको छ ।

यस अघि हातले खनेर अस्थायी रूपमा बनाएको कुलो बाढी आउँदा बगाउने अनि बनाउनुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर ठाउँ ठाउँमा कुलो भत्किने र पानी चुहिने कारणले गर्दा निकै हैरानी खेपेर खेती गर्नुपर्ने अवस्था रहेको स्थानीय शान्ति बस्नेतले बताइन् ।
उनले भने, ‘पक्की कुलो निर्माण भएसँगै यहाँका खेती गर्ने किसानलाई सहज हुने छ ।

उनका अनुसार कुलो निर्माण भएसँगै अब खाद्यान्न बाली, धान,गहुँ,मकै,आलु,तरकारी लगायतका नगदेबाली उत्पादनमा धेरै सहज हुने भएको छ । उक्त कुलो निर्माण सम्पन्न हुँदा वैतेश्वर गाउँपालिका ३,४,५ र २ का एक सय ९५ घरधुरीले सहजरूपमा सिँचाइको उपभोग गर्न सक्ने छन् । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ११ : ४० बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले