रविका मुद्दा फिर्ताविरुद्धको रिटको छिनोफानो अब पूर्ण सुनुवाइबाट « Khabarhub

रविका मुद्दा फिर्ताविरुद्धको रिटको छिनोफानो अब पूर्ण सुनुवाइबाट


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका मुद्दा फिर्ता लिने अन्तरिम सरकारको निर्णयविरुद्ध परेको रिटलाई अन्तिम टुंगोका लागि पूर्ण सुनुवाइमा लगिने भएको छ ।

लामिछानेको अभियोग संशोधनसम्बन्धी मुद्दा पूर्ण इजलासमा सुनुवाइ गरेर अन्तिम आदेश दिने निर्णय न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले गरेको हो ।

न्यायाधीशद्वयको इजलासले प्रारम्भिक सुनुवाइपछि उक्त रिटलाई छिनोफानोका लागि पूर्ण सुनुवाइमा लैजाने आदेश दिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिएका छन्।

रविविरुद्ध विभिन्न पाँच अदालतमा दर्ता भएका सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र संशोधनमार्फत् फिर्ता गर्ने महान्यायाधिवक्त सविता भण्डारी बरालको निर्णय रोक्न माग गर्दै दायर रिटमा सर्वोच्चले यो निर्णय दिएको हो ।

महान्यायाधिवक्ता भण्डारीले सरकारको निर्देशनअनुसार रास्वपा सभापति लामिछानेविरूद्धका दुई गम्भीर मुद्दा पुस ३० गते फिर्ता लिने निर्णय गरेकी थिइन् ।

उनले रविसहित उनका साझेदार जीबी राई र पूर्वडीआईजी छविलाल जोशीसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्।

सहकारी ठगीसम्बन्धी मुद्दा कायमै राखिए पनि रविको चुनावी यात्रामा त्यसले फरक पार्नेवाला थिएन । यदि संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता भएमा चितवन २ बाट जितिसकेका रविलाई संसद् छिर्न सजिलो हुनेछ ।

यदि यी मुद्दा कायमै रहेमा रविले चितवन २ बाट जिते पनि सांसदका रुपमा काम गर्न पाउँदैनन् । त्यहीकारण अन्तरिम सरकारलाई प्रयोग गरेर उनले मुद्दा फिर्ता लिन खोजेका थिए ।

रविसहित गोर्खा मिडियामा उनका साझेदाहरूविरुद्ध रूपन्देही, कास्की, काठमाडौं, पर्सा र चितवन जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा विचाराधीन छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १२ : ५४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली