अब कसरी बन्छ बालेन नेतृत्वको सरकार ? « Khabarhub

अब कसरी बन्छ बालेन नेतृत्वको सरकार ?


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको अहिलेसम्म प्रत्यक्षतर्फको सबै नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।

मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरेर झण्डै दुई तिहाइ मत प्राप्त गर्ने अवस्था देखिएको छ । मतपरिणामअनुसार अबको सरकार रास्वापाले एक्लै बनाउँछ ।

रास्वपाले आफ्नो चुनावी अभियानमा नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई आगामी प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो । सोही कारण नै विगतमा रवि लामिछानेको पक्षमा नदेखिएको मत निर्वाचनमा शाहकै कारण प्रकट भएको धेरैले अनुमान गरेका छन् ।

कसरी बन्छ सरकार ?

नेपालको संविधानले प्रतिनिधिसभा सदस्यको निर्वाचनपश्चात नयाँ सरकार बनाउने विषयमा स्पष्ट व्यवस्था गरेको छ । रास्वपाले झण्डै दुई तिहाइ मत प्राप्त गरेकाले संविधानको  धारा ७६ को उपधारा १ अनुसार सरकार गठन गर्न सक्छ ।

‘राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ’, धारा ७६ को उपधारा १ मा भनिएको छ ।

निर्वाचन आयोगले चैतको पहिलो साता समानुपातिकअन्तर्गतको प्रमाणपत्र दिने जनाएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको प्रमाणपत्र दिइसकेपछि सबै राजनीतिक दलले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २१ अनुसार संघीय संसदीय दल गर्नुपर्छ । सोही ऐनमा भएको व्यवस्थाअनुसार संघीय सांसदमा निर्वाचित बहुमत सदस्यहरूले रास्वपाको संसदीय दलको नेतृत्व चयन गर्छन् ।

रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई नै प्रधानमन्त्रीको रूपमा घोषणा गरिसकेकाले पार्टीको संसदीय दलको नेतामा पनि उनैलाई चयन गर्ने देखिन्छ ।

दलहरूले संसदीय दल गठन गरिसकेपछि निर्वाचन आयोगले प्रमाणपत्र दिएको आधारमा चैतको दोस्रो सातासम्म संसद्को बैठक बस्ने र सोही साता भित्र नै रास्वापाका वरिष्ठ नेता शाहको नेतृत्वमा मन्त्रिपरिषद् गठन हुन सक्ने देखिन्छ ।

रास्वपाले आफ्नो बाचापत्रमा अहिले भएको मन्त्रालयको संख्या घटाएर १८ वटामा झार्ने र विज्ञ मन्त्री नियुक्ति गर्ने विषय उल्लेख गरेको छ । तर, संविधानले भने संघीय सांसद नै मन्त्रिपरिषद्को सदस्य हुनुपर्ने वा सांसद नभएको व्यक्तिलाई पनि मन्त्री बनाउँदा उसलाई ६ महिनाभित्रमा संघीय सांसदको सदस्य बनाउनुपर्ने व्यवस्था गरेको छ ।

रास्वपाले बाचापत्रअनुसार सबै विज्ञ मन्त्री बनाउन सक्ने अवस्था भने ६ महिनाको लागि भएपनि पाँचै वर्षका लागि सहज देखिएको छैन । साथै, संविधानमा गरिएको सो व्यवस्था परिवर्तन गर्नको लागि रास्वापासँग राष्ट्रिय सभा र प्रदेश सभा पनि अनुकुल रहेको देखिँदैन ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १२ : ५६ बजे

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै