‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ « Khabarhub

‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री वितरणका लागि डेरीमार्ट थप गर्दै लगेको छ । पहिलो ‘डेरीमार्ट’ भरतपुर महानगरपालिका-१० दूरसञ्चार रोडमा सञ्चालनमा ल्याएको सङ्घले दोस्रो शाखा नारायणगढको बेलचोकमा सञ्चालनमा ल्याएको हो ।

सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार यो वर्षमा पाँच स्थानमा डेरीमार्ट सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको छ । सङ्घले आफैँले उत्पादन गरेका दुग्धजन्य पदार्थ बिक्रीवितरण र बजारीकारणका लागि मार्ट सञ्चालनमा ल्याएको उनले बताए। 

सङ्घले रत्ननगरमा आफ्नो डेरी उद्योग सञ्चालनमा ल्याएर त्यहाँबाट उत्पादित दूध, दही, घ्यू, पनिरलगायत सामग्री मार्टमार्फत बिक्रीवितरण सुरु गरेको हो ।
 
उपभोक्ताबाट गुणस्तरीय वस्तु पाइएको भन्दै सकारात्मक सन्देश पाएपछि शाखाहरू थप गर्न लागिएको उनले बताए। जिल्लामा उत्पादित दूधलाई बजारीकरण गर्न र दूधको भुक्तानी नपाउने समस्या समाधान गर्न यो मार्टले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । 

अहिले जिल्लामा रहेका ११५ वटा दुग्ध उत्पादक सहकारी सङ्घले दूध उत्पादन र बिक्रीवितरण गर्दै आएका छन् । दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको यहाँबाट स्थानीय बजारसहित काठमाडौँ, पोखरालगायत ठूला सहरमा दूध पुर्‍याउँदै आइएको छ । 

यहाँका किसानले ५० करोड बराबरको दूधको भुक्तानी पाउन बाँकी छ । समयमा भुक्तानी पाउन नसकेपछि सहकारी आफैँले प्रशोधन गरेर बजारीकरण गर्न थालेको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  २ : ०९ बजे

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौंं– पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप करिब

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौं– नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ (विशेष