निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द गरिने « Khabarhub

निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द गरिने


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न निर्वाचनको तयारीका लागि आयोगको केन्द्रीय कार्यालयमा स्थापना गरेका विशेष एकाइ तथा समन्वय केन्द्रहरू बन्द गरेको छ ।
  
आयोगको मंगलबारको निर्णयअनुसार आजदेखि लागू हुनेगरि विशेष एकाइ र केन्द्रहरू बन्द गरिएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गरी निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आयोगले विशेष एकाइ तथा समन्वय केन्द्रहरू स्थापना गरेको थियो ।
   
निर्वाचन प्रक्रियासँग सम्बन्धित सूचनाको प्रभावकारी सम्प्रेषण, सरोकार भएका निकायबीच समन्वय तथा मतदाता र सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोगले गत पुस ११ गतेदेखि निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र (इआईडिसी) स्थापना गरेको थियो । 

त्यस्तै, मतदाता र आमसर्वसाधारणका निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि गत माघ ५ गतेदेखि ‘कल सेन्टर’ र सुरक्षा निकायबीच सहकार्य तथा निर्वाचन प्रक्रियाको समग्र समन्वयका लागि गत माघ ११ गतेदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) सञ्चालनमा ल्याइएकामा मतदान एवं मतगणनाको कार्य सम्पन्न भएपछि आजदेखि लागू हुनेगरि ती एकाइ र केन्द्रहरू बन्द गरिएको उनले बताए।
   
सञ्चालन अवधिभर निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र मातहतको सूचना सदाचार प्रवर्द्धन एकाइले निर्वाचनसम्बन्धी ९९८ हानिकारक सूचना पहिचान र विश्लेषण गरी सम्बन्धित नियामक निकायमा पठाएको छ । 

यस्तै केन्द्र मातहतका विद्युतीय मतदाता शिक्षा एकाइले निर्वाचन प्रक्रिया, मतदाता शिक्षा तथा निर्वाचन सचेतनासम्बन्धी श्रव्यदृश्य (भिडिओ) र पोस्टर गरी ७०४ वटा सामग्री निर्माण गरी आयोगको डिजिटल प्लेटफर्मबाट प्रकाशन तथा प्रसारण गरेको छ । 

प्रेस कार्यालयले आयोगका काम कारबाहीको सूचना प्रवाह, सञ्चारमाध्यमसँगको समन्वय र प्रेस ब्रिफिङ, दैनिक पत्रपत्रिकाका सामग्री विश्लेषण, आचारसंहिताविपरीतका सामग्री पहिचान र कारबाहीका लागि सिफारिस तथा मतदाता शिक्षाका सामग्री निर्माण गरेको छ । साथै कल सेन्टरले मतदाता नामावली, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता तथा निर्वाचन प्रक्रियाका अन्य विषयसमेत गरी आम मतदाताका आठ हजार २२० जिज्ञासाको सम्बोधन गरेको आयोगले जनाएको छ ।
   
संयुक्त निर्वाचन सञ्चालन केन्द्रले मतपत्र र निर्वाचन सामग्री ढुवानीमा सुरक्षा समन्वय तथा ट्रयाकिङ गर्ने, हवाई ढुवानी कार्ययोजनाको तयारी र कार्यान्वयन एवं समन्वय, मतदान केन्द्रसम्म मतपत्र र निर्वाचन सामग्री ढुवानीको ट्रयाकिङका साथै निर्वाचन सुरक्षासम्बन्धी विभिन्न सूचना संकलन, विश्लेषण, समन्वय र प्रतिवेदनलगायतका काम त्रुटिरहित तवरले सम्पादन गरी निर्वाचन सुरक्षा समन्वय र व्यवस्थापनलाई प्रभावकारी बनाउन सक्रियतापूर्वक कार्यसम्पादन गरेको छ ।

निर्वाचन अवधिमा केन्द्र र मातहतमा रही समन्वय, सूचना व्यवस्थापन तथा सेवा प्रवाहमा प्रत्यक्ष एवं परोक्ष रूपमा संलग्न भएकोमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभाग तथा सम्बन्धित कार्यमा खटिएका विज्ञ तथा सम्पूर्ण कर्मचारीहरूको समर्पण, दक्षता र सक्रियताप्रति आयोगले धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ३ : ०३ बजे

ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँ त्रासमा

ढोरपाटन– बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँमा त्रास फैलिएको छ

कास्कीको रूपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन

गण्डकी– कास्कीको रूपा गाउँपालिकामा एक वर्षमा एक लाख लिटर मह

नेप्से एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अङ्कले

सजाय भुक्तान गरेर डिल्ली बजार जेलबाट छुटे दीपक मनाङे

काठमाडौं- गण्डकी प्रदेशका पूर्वसांसद एवम् मन्त्री दीपक मनाङे (राजीव गुरुङ)

थाइल्याण्डका ३०० भिक्षु लुम्बिनी–रामग्राम शान्ति पदयात्रामा

भैरहवा– लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने