मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु « Khabarhub

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा दुईजना भारतीय नागरिकको मृत्यु भएको छ । यो आक्रमणमा परेका अझै एकजना बेपत्ता छन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बुधबार यसबारे जानकारी दिएका हुन्।

खाडी क्षेत्रमा रहेका भारतीय नागरिकको सुरक्षा र कल्याणका लागि भारत सरकार प्रतिबद्ध रहेको उनलले बताए । त्यहाँको अवस्थाबारे नजिकबाट निगरानी गरिरहेको पनि उनले जानकारी दिए ।

उता हर्मुज जलक्षेत्रमा मेरिकी र इजरायली जहाजमाथिको आक्रमणलाई इरानले ‘वैध लक्ष्य’ को संज्ञा दिएको छ।

इरानको सेनाले हर्मुज स्ट्रेट हुँदै जाने अमेरिका, इजरायल वा उनीहरूको सहयोगी देशका जहाजहरूलाई निशाना बनाउन सकिने चेतावनी दिएको छ।

इरानको सैन्य केन्द्रीय अपरेसन कमान्ड खातम अल-अनबिया ले सरकारी टेलिभिजनमार्फत जारी गरेको वक्तव्यमा ‘अमेरिका, सियोनिस्ट शासन वा उनीहरूको सहयोगी देशसँग सम्बन्धित तेल बोकेको जहाज वा जहाज आफैँलाई वैध लक्ष्य मानिने’ भनिएको छ।

इरानी सेनाले हर्मुज स्ट्रेटहरूबाट एक लिटर तेलसमेत पार हुन नदिने चेतावनी दोहोर्‍याइरहेको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ७ : ०९ बजे

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित