मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु « Khabarhub

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा दुईजना भारतीय नागरिकको मृत्यु भएको छ । यो आक्रमणमा परेका अझै एकजना बेपत्ता छन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बुधबार यसबारे जानकारी दिएका हुन्।

खाडी क्षेत्रमा रहेका भारतीय नागरिकको सुरक्षा र कल्याणका लागि भारत सरकार प्रतिबद्ध रहेको उनलले बताए । त्यहाँको अवस्थाबारे नजिकबाट निगरानी गरिरहेको पनि उनले जानकारी दिए ।

उता हर्मुज जलक्षेत्रमा मेरिकी र इजरायली जहाजमाथिको आक्रमणलाई इरानले ‘वैध लक्ष्य’ को संज्ञा दिएको छ।

इरानको सेनाले हर्मुज स्ट्रेट हुँदै जाने अमेरिका, इजरायल वा उनीहरूको सहयोगी देशका जहाजहरूलाई निशाना बनाउन सकिने चेतावनी दिएको छ।

इरानको सैन्य केन्द्रीय अपरेसन कमान्ड खातम अल-अनबिया ले सरकारी टेलिभिजनमार्फत जारी गरेको वक्तव्यमा ‘अमेरिका, सियोनिस्ट शासन वा उनीहरूको सहयोगी देशसँग सम्बन्धित तेल बोकेको जहाज वा जहाज आफैँलाई वैध लक्ष्य मानिने’ भनिएको छ।

इरानी सेनाले हर्मुज स्ट्रेटहरूबाट एक लिटर तेलसमेत पार हुन नदिने चेतावनी दोहोर्‍याइरहेको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ७ : ०९ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२