पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन : परराष्ट्रमन्त्री शर्मा « Khabarhub

पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन : परराष्ट्रमन्त्री शर्मा


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा कार्यरत श्रमिकलाई तत्कालै उद्धार गरिहाल्नुपर्ने स्थिति नरहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले युद्ध विस्तारै शान्त हुँदै आएको ‘ब्रिफिङ’ गर्दै केही हवाई ट्रान्जिटमा रहेका नेपाली नागरिकबाहेक श्रमिकलाई तत्कालै उद्धार गर्नुपर्ने स्थिति नरहेको जानकारी दिए ।  

‘हामीले सम्बन्धित दूतावासमार्फत नियोगमा बुझेअनुसार तत्कालै नेपाली नागरिकलाई उद्धार गरिहाल्नुपर्ने अवस्था छैन । हामी चिन्तित हुनुपर्ने स्थिति छैन’, मन्त्री शर्माले भने, ‘तर, ट्रान्जिटमा परेकाहरूको हकमा उद्धार काम भइरहेको छ ।’

नेपाल सरकारले ‘इमर्जेन्सी रेस्क्यु’ टिमलाई बलियो बनाउने तयारीमा रहेको र भविष्यमा तत्काल उद्धार गर्ने पस्थिति आए तयारी रहने मन्त्री शर्माले जानकारी दिए। मन्त्रालयले प्राप्त गरेको सूचनाअनुसार अनलाइन फर्ममार्फत असुरक्षित भएको महसुस गर्नेमा पाँच हजार जना छन् ।

त्यस्तै, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले युद्धग्रस्त क्षेत्रमा कार्यरत नेपाली श्रमिक अहिलेसम्म सुरक्षित रहेको बताए। दुबईमा कार्यरत एक जना नेपालीको मृत्यु भए पनि अहिलेसम्म त्यस्तो जोखिम पूर्ण अवस्थामा श्रमिक नरहेको उनले बताए। 

युद्धको बाछिटाले १५ जना श्रमिक सामान्य घाइते भएको र अहिले १४ जना उपचारपछि निको भएर काममा फर्किएको उनले जानकारी दिए। उनका अनुसार दैनिक दुई-तीन पटक फोन सम्पर्कमार्फत सम्बन्धित नियोगमा नेपाली नागरिकको अवस्थाबारे तथ्यांक र सूचना संकलन गर्दै आएको पनि उनले बताए।

 ‘हाम्रा श्रमिक हालसम्म सुरक्षित छन्’, उनले भने, ‘नेपाल फर्किन चाहनेहरूलाई उद्धार गर्दैछौँ ।’

त्यस्तै, बहराइनमा युद्ध प्रभावित दुई हजार ६०० जना सेल्टरमा छन् जसमध्ये, चार नेपालीसमेत सुरक्षित रहेको मन्त्रालयको आजको ब्रिफिङमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा मन्त्रालयले १२ दिनदेखि इजरायल अमेरिका र इरानबीचको युद्धको प्रभावले असुरक्षित महसुस गरेका नेपाली नागरिकलाई सुरक्षाको मनोभाव बढाउनसमेत आवश्यक रहेको सचिव राईले बताए। मन्त्रालयको तथ्यांकअनुसार खाडी मुलुकमा १७ लाख २९ जना नेपाली श्रमिक कार्यरत छन्। 

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ८ : ०१ बजे

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी ७०औँ सभामा मन्त्री श्रेष्ठको सम्बोधन

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

आइपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा बेङ्गलुरु र हैदराबाद भिड्ने

काठमाडौं – भारतमा आयोजना हुने चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन