बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना « Khabarhub

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि बढ्ने जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न ४ बजे विशेष मौसम बुलेटिन जारी गरी बिहीबारदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना पनि देखिएकाले मौसमको हालको प्रदूषणको अवस्थामा क्रमिकरूपमा सुधार हुने सम्भावना रहेको जनाएको हो ।

महाशाखाले नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रही पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसकेको तथा वायुमण्डलको तल्लो तहमा न्यून चापीय गतिविधि बढ्न नसकेको कारणले पर्याप्त वर्षा हुन नसकी प्रदूषण वायुमण्डलको तल्लो तहमै सञ्चित रहँदा केही दिनदेखि देशका धेरै भू–भागमा तुवाँलो देखिएको उल्लेख गरेको छ ।

तुवाँलो लाग्दा स्वास्थमा पर्न सक्ने असरबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाउन पनि विभागका सूचना अधिकारी दिनकर कायस्थले अनुरोध गरेका छन् । साथै मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र यस महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमासमेत सोही अनुसार नियमित अद्यावधिक गर्दै जाने जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ९ : २९ बजे

भोटेकोशी बाढी : बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा

पद्मरत्न तुलाधरको आठौँ स्मृति दिवस मनाइयो

काठमाडौँ – मानवअधिकारवादी नेता, शान्ति अभियन्ता, मातृभाषा अभियन्ता तथा साहित्यकार

सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकियो

काठमाडौँ– सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेको संसदीय सुनुवाइ सकिएको

कोप–३१ मा नेपालको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन

सरकार र डा. केसीबीच भएका ६ सहमति के-के हुन् ?

काठमाडौँ – चिकित्सा शिक्षा सुधारको माग राख्दै २५औँ पटक सत्याग्रहमा