हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू) « Khabarhub

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायकिङ महोत्सवको दोस्रो दिन बुधबार कायाक क्रस प्रतिस्पर्धा रोमाञ्चक बनेको छ । त्रिशूलीको तीव्र र चुनौतीपूर्ण छालबीच ३२ जना खेलाडी फाइनल चरणका लागि प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेपाल पर्यटन बोर्ड (एनटीबी) र नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा)को संयुक्त आयोजनामा त्रिशूली नदीमा भइरहेको प्रतियोगिता साहसिक जलक्रीडाको महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित हुँदै गएको छ । मंगलबार सुरु भएको प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडी सहभागी भएका छन् ।

आयोजकका अनुसार प्रारम्भिक चरणबाट छनोट भएका ३२ जना प्याडलर बुधबारको कायाक क्रस (३०० मिटर) प्रतिस्पर्धामा सहभागी भएका छन् । जसमा पहिलो डम्बरबहादुर पुर्वाछाने प्रथम भए भने रविन्द्र चेपाङ, सुरेन्द्र चेपाङ र मोहन राना क्रमशः दोस्रो, तेस्रो र चौथो भएका छन् । नदीको तीव्र बहाव पार गर्दै कायक खेलाडीहरूले आफ्नो सन्तुलन, गति र कौशल प्रदर्शन गरेका छन् ।

यस प्रतियोगिताले नेपालका नदीहरू साहसिक पर्यटनका लागि कति उपयुक्त छन् भन्ने सन्देश दिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बताएका छन् । उनले नेपालमा नदी–आधारित साहसिक पर्यटनको महत्व झनै बढ्दै गएको बताए। उनले भने, “नेपालको साहसिक पर्यटन नदीमा आधारित पर्यटन उत्कृष्ट पर्यटन उत्पादन हो । नेपालमा ह्वाइट वाटर राफ्टिङ विश्वमै उत्कृष्ट पर्यटन उत्पादन हो ।”

उनका अनुसार त्रिशूली, भोटेकोशी, कर्णाली र सेतीजस्ता नदीहरूले जल पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गरेका छन् । यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपालका नदीहरूको सम्भावना विश्वसामु उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

प्रतियोगिताको अन्तिम दिन बिहीबार १० किलोमिटरको म्यान्डेटरी राफ्ट रेस आयोजना गरिएको थियो । उक्त रेसमा ११ टोली प्रतिस्पर्धामा उत्रिएका छन् र प्रत्येक टोलीमा चार–चार जना खेलाडी सहभागी भएका थिए । तीन दिनसम्म सञ्चालन हुने यस अन्तर्राष्ट्रिय महोत्सवले नेपालको नदी–आधारित साहसिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास बाराले लिएको छ । प्रतियोगिताको समापन बिहीबार विजेता खेलाडी तथा टोलीलाई पुरस्कार वितरण तथा सम्मान गरिनेछ ।

तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ९ : ५१ बजे

मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ?

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई

प्रधानमन्त्रीले भोलि सबै समानुपातिक सांसदसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा

सशस्त्रका असई शेर्पाले गरिन् लोबुचे हिमालको आरोहण

काठमाडौँ – सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले नयाँ

कैलाली दुर्घटनामा दुई जनाको मृत्यु

धनगढी – कैलालीको लम्कीमा विंगर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको

किराँतीको प्रश्न : पूर्व–पश्चिम राजमार्गको नाम महेन्द्र राजमार्ग राखेर के सन्देश दिन खोजेको हो ?

काठमाडौँ – नेता सुदन किराँतीले नेताले केके गर्नुपर्छ थाहा पाएर