हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’ « Khabarhub

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी छ। शुक्रबारदेखि सुरु भएको कन्भेन्सन आइतबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

सन् २०१० देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यो कार्यक्रम कोभिड–१९ का कारण दुई वर्ष रोकिएको थियो। यस वर्षको संस्करणमा २५० भन्दा बढी नेपाली तथा विदेशी ट्याटु आर्टिस्टहरूको सहभागिता रहेको छ।

कन्भेन्सनका निर्देशक विजय श्रेष्ठका अनुसार सहभागीमध्ये करिब ४० प्रतिशत स्वदेशी र ६० प्रतिशत विदेशी आर्टिस्ट छन्।

उनले कन्भेन्सनको मुख्य उद्देश्य ट्याटु कला सम्बन्धी ज्ञान र सीपको आदानप्रदान गर्नु रहेको बताए। साथै, यस्ता कार्यक्रमले नेपाली ट्याटु उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ३ : १२ बजे

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

बेइजिङ – बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई

प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

काठमाडौँ– भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाको

भारी वर्षाको सम्भावनापछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

हेटौँडा– बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने