देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा « Khabarhub

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको समग्र आर्थिक विकासको निम्ति सरकारले निजी क्षेत्रलाई सँगसँगै लिएर जानुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनको अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसदहरुले निजी क्षेत्रको पुँजीलाई बलियो बनाउन सकेको खण्डमा मात्रै देशले आर्थिक विकासको गति लिनुपर्नेमा जोड दिएका हुन् ।

रास्वपाका सांसद मनिष झाले सरकारले निजी क्षेत्रबाट सञ्चालित साना लगानीका उद्यमलाई प्राथमिकताका साथ अघि बढाउने विश्वास व्यक्त गरे । उनले भने, ‘निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सक्दा मात्रै मुलुकको अर्थतन्त्र बलियो हुन सक्छ, देशको अर्थतन्त्रको आधार भनेकै निजी क्षेत्र हो, त्यसैले सरकारले पनि निजी क्षेत्रको पुँजी बलियो बनाउनेतर्फ बढी जोड गर्नुपर्छ ।’

रास्वपाका अर्का सांसद सुशान्त वैदिकले सरकारले उद्यमशीलताको विषयलाई प्राथमिकता दिएको बताए । सरकारले जारी गरेको १०० कार्ययोजनामा उद्यमशीलतालाई जोड दिएको उनको भनाइ छ ।

उनले भने, ‘गाउँघरमा सञ्चालन गरिएका साना लघु उद्यमको देशतन्त्र उकास्न सबैभन्दा ठूलो भूमिका खलेको हुन्छ, त्यसैले देशको आर्थिक रुपान्तरण गर्न देशमा सामाजिक न्यायसहितको आर्थिक उन्नति हासिल गर्न गाउँगाउँकका साना तथा मझौला उद्योगको विकासमा जोड दिनुपर्छ ।’

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ९ : ०५ बजे

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३