देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा « Khabarhub

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको समग्र आर्थिक विकासको निम्ति सरकारले निजी क्षेत्रलाई सँगसँगै लिएर जानुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनको अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसदहरुले निजी क्षेत्रको पुँजीलाई बलियो बनाउन सकेको खण्डमा मात्रै देशले आर्थिक विकासको गति लिनुपर्नेमा जोड दिएका हुन् ।

रास्वपाका सांसद मनिष झाले सरकारले निजी क्षेत्रबाट सञ्चालित साना लगानीका उद्यमलाई प्राथमिकताका साथ अघि बढाउने विश्वास व्यक्त गरे । उनले भने, ‘निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सक्दा मात्रै मुलुकको अर्थतन्त्र बलियो हुन सक्छ, देशको अर्थतन्त्रको आधार भनेकै निजी क्षेत्र हो, त्यसैले सरकारले पनि निजी क्षेत्रको पुँजी बलियो बनाउनेतर्फ बढी जोड गर्नुपर्छ ।’

रास्वपाका अर्का सांसद सुशान्त वैदिकले सरकारले उद्यमशीलताको विषयलाई प्राथमिकता दिएको बताए । सरकारले जारी गरेको १०० कार्ययोजनामा उद्यमशीलतालाई जोड दिएको उनको भनाइ छ ।

उनले भने, ‘गाउँघरमा सञ्चालन गरिएका साना लघु उद्यमको देशतन्त्र उकास्न सबैभन्दा ठूलो भूमिका खलेको हुन्छ, त्यसैले देशको आर्थिक रुपान्तरण गर्न देशमा सामाजिक न्यायसहितको आर्थिक उन्नति हासिल गर्न गाउँगाउँकका साना तथा मझौला उद्योगको विकासमा जोड दिनुपर्छ ।’

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ९ : ०५ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा