स्पेनिस ला लिगा : बार्सिलोनालाई उपाधि, रियल मड्रिड निराश « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनालाई उपाधि, रियल मड्रिड निराश


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार दोस्रो तथा समग्रमा २९औँ उपाधि जितेको छ ।

क्याम्प नोउमा आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि २–० को सहज जित हात हात पार्दै उपाधि रक्षा गरेको हो ।

उपाधि सुनिश्चित गर्न बार्सिलोनालाई मात्र एक अंक आवश्यक रहे पनि टोलीले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै रियलमाथि पूर्ण नियन्त्रण जमाएको थियो।

पहिलो २० मिनेटमै दुई गोल गर्दै बार्सिलोनाले खेल पूर्ण रूपमा आफ्नो पक्षमा पारेको थियो।

पहिलो गोल मार्कस राशफोर्डले शानदार फ्रिकिकमार्फत गरे। उनले प्रहार गरेको बल रियलका गोलरक्षक थिबाउ कोर्टुवालाई कुनै मौका नै नदिई जाली चुमाएको थियो ।

त्यसको केही समयपछि फेरान टोरेसले डानी ओल्मोको आकर्षक फ्लिक पासलाई सदुपयोग गर्दै दोस्रो गोल थपे ।

पहिलो हाफमै राशफोर्डले अर्को गोल गर्ने राम्रो अवसर बनाएका थिए तर कोर्टुवाले उत्कृष्ट बचाउ गरे।

रियल मड्रिड भने पूरै खेलभर दबाबमा देखियो। टोलीले प्रभावकारी पुनरागमन गर्न सकेन। दोस्रो हाफमा ज्युड बेलिङ्घ्यामले गोल गरे पनि अफसाइडका कारण त्यसलाई मान्यता दिइएन। त्यसबाहेक रियलले खासै अवसर सिर्जना गर्न सकेन।

यो जितसँगै बार्सिलोनाले रियलमाथि १४ अंकको अग्रता बनाउँदै ला लिगा उपाधि फेरि आफ्नो नाममा सुरक्षित गरेको छ ।

रियलमाथिको यो जितले बार्सिलोनालाई यो सिजन ला लिगाको च्याम्पियन पनि बनाएको छ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ७ : ०५ बजे

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान

प्रधानमन्त्रीलाई विदुषीले भनिन्- आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्रिँदै थुन्नाले मनोबल घटाएको छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी

चीनबाट नेपालमा पाँचौँ चरणको आपत्कालीन राहत सामग्री आइपुग्यो 

काठमाडौं– चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको पाँचौँ खेप

कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्टको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ

भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता