स्पेनिस ला लिगा : बार्सिलोनालाई उपाधि, रियल मड्रिड निराश « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनालाई उपाधि, रियल मड्रिड निराश


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार दोस्रो तथा समग्रमा २९औँ उपाधि जितेको छ ।

क्याम्प नोउमा आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि २–० को सहज जित हात हात पार्दै उपाधि रक्षा गरेको हो ।

उपाधि सुनिश्चित गर्न बार्सिलोनालाई मात्र एक अंक आवश्यक रहे पनि टोलीले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै रियलमाथि पूर्ण नियन्त्रण जमाएको थियो।

पहिलो २० मिनेटमै दुई गोल गर्दै बार्सिलोनाले खेल पूर्ण रूपमा आफ्नो पक्षमा पारेको थियो।

पहिलो गोल मार्कस राशफोर्डले शानदार फ्रिकिकमार्फत गरे। उनले प्रहार गरेको बल रियलका गोलरक्षक थिबाउ कोर्टुवालाई कुनै मौका नै नदिई जाली चुमाएको थियो ।

त्यसको केही समयपछि फेरान टोरेसले डानी ओल्मोको आकर्षक फ्लिक पासलाई सदुपयोग गर्दै दोस्रो गोल थपे ।

पहिलो हाफमै राशफोर्डले अर्को गोल गर्ने राम्रो अवसर बनाएका थिए तर कोर्टुवाले उत्कृष्ट बचाउ गरे।

रियल मड्रिड भने पूरै खेलभर दबाबमा देखियो। टोलीले प्रभावकारी पुनरागमन गर्न सकेन। दोस्रो हाफमा ज्युड बेलिङ्घ्यामले गोल गरे पनि अफसाइडका कारण त्यसलाई मान्यता दिइएन। त्यसबाहेक रियलले खासै अवसर सिर्जना गर्न सकेन।

यो जितसँगै बार्सिलोनाले रियलमाथि १४ अंकको अग्रता बनाउँदै ला लिगा उपाधि फेरि आफ्नो नाममा सुरक्षित गरेको छ ।

रियलमाथिको यो जितले बार्सिलोनालाई यो सिजन ला लिगाको च्याम्पियन पनि बनाएको छ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ७ : ०५ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी