सरकारलाई घेर्ने तयारीमा विपक्षी दल, पहिलो बैठकमै प्रश्न उठाउने « Khabarhub

सरकारलाई घेर्ने तयारीमा विपक्षी दल, पहिलो बैठकमै प्रश्न उठाउने


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार बस्न लागेको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमै विपक्षी दलहरूले सरकारमाथि प्रश्न गर्ने तयारी गरेका छन् ।

वर्षे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक दिउँसो २ बजे बस्ने कार्यतालिका आएसँगै विपक्षी दलहरू सरकारको प्रतिरोधमा उत्रिने तयारीमा जुटेका हुन् ।

यस बैठकमा संवैधानिक परिषद्लगायत सरकारद्वारा जारी अध्यादेश र सुकुमबासीको व्यवस्थापनका नाममा गरिएको ज्यादतीलाई लिएर विपक्षीहरूले सामूहिक प्रतिवादको तयारी गरेका हुन्।

यसलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका प्रतिपक्षी दलहरू एकमत देखिएका छन् । सरकारविरुद्ध एकजुट हुनका लागि कांग्रेस, नेकपा एमाले र नेकपाका नेताहरूबीच आन्तरिक छलफल पनि भएको छ।

सोमबारका लागि सरकारले प्रतिनिधिसभाका तीनवटा बैठक बोलाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजे संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यतालिका भएको छ।

पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको सरकार स्वेच्छाचारी बन्दै आएको आरोप विपक्षीहरूले लगाइरहेका छन् । उनीहरूले सरकारलाई दबाब दिन सामूहिक रुपमा संसद्मा विपक्षी आवाज उठाउन लागेका हुन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १ : ०० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर