मानवअधिकार आयोगको प्रतिवेदन माग्दै धर्ना बसेका युवालाई प्रहरीले उठायो « Khabarhub

मानवअधिकार आयोगको प्रतिवेदन माग्दै धर्ना बसेका युवालाई प्रहरीले उठायो


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले जेन-जी आन्दोलनबारे तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न मागसहित धर्नामा बसेका एकजना युवकलाई प्रहरीले पक्राउ गरेर लगेको छ।

जेन-जी अभियन्ता रविकिरण हमालका अनुसार ती युवकलाई प्रहरीले बलजफ्ती उठाएर लगेको हो ।

उनले जेन-जी आन्दोलनसँग सम्बन्धित आयोगको प्रतिवेदन महिनौँदेखि सार्वजनिक नगरिएको बताउँदै सत्य तथ्य बाहिर ल्याउनुपर्ने मागसहित धर्नामा बसेका युवालाई प्रहरीले गरेको पक्राउलाई ‘निन्दनीय, अमानवीय र फासीवादी कदम’ भनेका छन्।

हमालले प्रतिवेदन कसको दबाब र निर्देशनमा लुकाइएको हो भन्ने प्रश्न उठाउँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा सुरक्षा प्रमुखलाई जोगाउन आयोग नै सत्ताको प्रभावमा परेको आरोप लगाए।

उनले आन्दोलनसँग सम्बन्धित घटनाको सत्य बाहिर ल्याउन माग गर्दै पक्राउ परेका सुनिल सिंह, अजय सोडारी लगायत सबैलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

हमालले जेन-जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न तथा आयोगका पदाधिकारीले जनतासामु जवाफ दिनुपर्ने बताएका छन्। उनले ‘सत्य दबिन नसक्ने’ उल्लेख गर्दै दोषीमाथि कारबाही हुनुपर्ने र आन्दोलनका शहीदलाई न्याय दिनुपर्ने माग गरेका छन्।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १ : २० बजे

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन