प्रधानमन्त्री नआएपछि कांग्रेसले गर्‍यो संसदीय समितिको बैठक बहिष्कार « Khabarhub

प्रधानमन्त्री नआएपछि कांग्रेसले गर्‍यो संसदीय समितिको बैठक बहिष्कार


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद् अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठक बहिष्कार गरेको छ ।

समितिको यसअघिसहित बसेका दुईवटा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह लगातार दुई पटक अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले सोमबार बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक बहिष्कार गरेको हो ।

गत वैशाख ९ गते सुधन गुरुङले राजीनामा दिएपछि गृहमन्त्री पनि जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शाहसँग सांसदहरूले प्रश्न सोध्ने तालिका थिए ।

सांसदहरूले गृह एवम् प्रधानमन्त्री बालेनसँग सुरक्षा-प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा जवाफ माग्ने तयारी कांग्रेसको थियो ।

कांग्रेसले समिति सभापतिलाई पनि यसबारे जानकारी गराएको थियो । तर, प्रधानमन्त्री बालेन बैठकमा नआएपछि कांग्रेसले बैठक बहिष्कार गरेर हिँडेको हो ।

संसदीय समितिको बैठकमा कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सचेतक निश्कल राईले प्रतिनिधित्व गर्छन् । त्यसैगरी सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव पनि बैठकमा सहभागी भएनन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १ : ५४ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का