नेप्से परिसूचक ३८ अंकले बढ्यो « Khabarhub

नेप्से परिसूचक ३८ अंकले बढ्यो


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव १९ अंकले उकालो लागेर दुई हजार ७८३ दशमलव ८५ मा पुगेको छ । यो एक दशमलव ३९ प्रतिशतको वृद्धि हो । 

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक छ दशमलव शून्य आठ अंकले उकालो लागेर ४७३ दशमलव ४१ मा पुगेको छ । कारोबार भएकामध्ये कूल २४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको ओरालो लागेको छ । यस्तै, चार कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । 

कूल एक करोड चार लाख ३९ हजार ४३२ कित्ता शेयर चार अर्ब ६१ करोड ३५ लाख ६३ हजार छ सय ३५ रुपैयाँमा कारोबार भयो । उच्च कारोबारका आधारमा रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर कम्पनी, एसवाई प्यानल नेपाल, रिडी पावर कम्पनी र साहस ऊर्जा लिमिटेड शीर्ष स्थानमा रहेको छ ।
    
यस्तै, फस्र्ट माइक्रो फाइनान्स लघुवित्त, कुमारी धनवृद्धि योजना, डोलटी पावर कम्पनी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र मेछ्याङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।

त्रिशूली जलविद्युत् कम्पनी, एनएमबी-५०, लक्ष्मी बैंकको ऋणपत्र, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो र प्राइम बैंकको ऋणपत्रका लगानीकर्ताले भने गुमाएका छन् । 
 

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ३ : ३१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह