कानुनअनुसार ‘क’ वर्गमा वर्गीकृत पत्रिकालाई रास्वपाका सांसद खरेलले भने ‘डी’ ग्रेडको « Khabarhub

कानुनअनुसार ‘क’ वर्गमा वर्गीकृत पत्रिकालाई रास्वपाका सांसद खरेलले भने ‘डी’ ग्रेडको


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको प्रचलित कानुनअनुसार ‘क’ वर्गमा वर्गीकृत पत्रिका राजधानी दैनिकको समाचारलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वमन्त्री जगदिश खरेलले ‘डी’ ग्रेडको पत्रकारिता भनेर टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खरेलले सो पत्रिकाले आफ्नो विषयमा गलत समाचार लेखेको भन्दै सो टिप्पणी गरेका हुन् ।

‘यो स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरण भनेर र त्यसमा मलाई जोडेर सुटुक्क स्वीटजरल्यान्ड भागे भनेर लेखिएको समाचार यति निरर्थक, यति भ्रामक, यति घटिया र यति तल्लो स्तरको सी ग्रेडको पत्रकारिता समेत भन्न नसुहाउने स्तरमा जसरी समाचार प्रकाशन गरियो यसले मेरो मान सम्मान, प्रतिष्ठा, मेरो राजनीतिक जीवन, समग्र संसद्को भूमिका र मेरो पार्टीप्रति पनि यसले अपमान गरेको मैले महसुस गरेको छु’, उनले भने ।

उनले स्मार्ट टेलिकमको सन्दर्भमा कुनै मिटिङ गर्ने, कुनै फाइल ल्याउने काम नगरेको र सो नगरेको भन्दै त्यस्तो देखिएमा आफूले राजनीति नै छाड्ने उनले बताए ।

‘तर प्रचार प्रसार र झुटो लाञ्छना लगाउने हिसाबमा सस्तो र सी ग्रेडको पत्रकारिता, डी ग्रेडको पत्रकारिता गर्ने नाममा कसैको व्यक्तिगत स्वाभिमानमाथि कसैले यसरी चुनौती दिन्छ भने आज सम्मानित सदनमार्फत म त्यो पत्रिका, त्यो पत्रकारिताका ओनरहरू, त्यसका सम्पादक र जो–जो सम्बद्ध छन् उनीहरूलाई खुला रूपमा चुनौती दिन चाहन्छु कि यो प्रमाणित गर, प्रमाणित गर्न सक्दैनौ भने पत्रकारिताको जीवनबाट तिम्रो पत्रिका बन्द गर्नसक्ने तिम्रो हिम्मत छ ?’, उनले थप आक्रोशित हुँदै प्रश्न गरे ।

राजधानी दैनिकले २२ बैशाखमा ‘स्मार्ट टेलिकममा ३० अर्ब ठगी प्रकरण’ शीर्षकमा समाचार छापेको थियो । सो समाचारमा खरेल मन्त्री भएको समयमा लिलाम बिक्री भएको स्मार्ट सेलमा उनले भूमिका खेलेको आशंका व्यक्त गरिएको छ ।

रास्वपा सांसद स्वयं लामो समय पत्रकारिता गर्दै आएका र सञ्चारमन्त्री भइसकेका व्यक्ति हुन् । नेपालमा छापा सञ्चारमाध्यमलाई विशिष्टिकृत क, क, ख, ग र घ श्रेणीमा विभाजन गर्ने गरिएको छ तर, ए, बी, सी र डी श्रेणीमा विभाजन गर्ने गरिएको पाइँदैन ।

साथै, नेपालको कानुनले पत्रकारितालाई कुनै पनि ग्रेडमा विभाजन गरेको छैन । तर, पूर्वमन्त्री समेत रहेका खरेलले राजधानी दैनिकको पत्रकारितालाई सी र डी ग्रेडको भनेर संसदबाटै आरोप लगाइदिएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ३ : ४८ बजे

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन