अर्थविद्हरूको आँखामा नीति तथा कार्यक्रम : केही नयाँ, कम महत्वकाङ्क्षी « Khabarhub

अर्थविद्हरूको आँखामा नीति तथा कार्यक्रम : केही नयाँ, कम महत्वकाङ्क्षी


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थविद्हरूले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममाथि मिश्रित हिसाबले प्रतिक्रिया जनाएका छन् ।

धेरै विषय पुरानै भएको, कम महत्वकाङ्क्षी भएको र बढी व्यववहारिक र केही क्षेत्रमा ठोस हुन खोजेको उनीहरूको भनाइ छ । पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रम आफूलाई राम्रो लागेको बताए ।

उनले नीति तथा कार्यक्रममा धेरै कार्यक्रम पुरानै रहेपनि केही कार्यक्रम ठोस गरेर ल्याइएको भन्दै कार्यान्वयनका लागि स्रोत व्यवस्थापनको चुनौती रहेको बताए ।

पूर्वगभर्नर चिरञ्जीवि नेपाल

‘धेरै कार्यक्रम पुरानै पनि छन्, तर सरकारले सूचना प्रविधि, पर्यटन लगायतका क्षेत्रलाई ठोस गर्न खोजेको छ, यो नयाँपन हो’, उनले भने, ‘राम्रा कार्यक्रम समेटिएका छन् तर, तीनको कार्यान्वयनको लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण छ ।’

त्यस्तै, अर्थविद् डा. अनलराज भट्टराईले पनि सरकारले ल्याएको नीति तथा कार्यक्रम आफूलाई राम्रो लागेको बताए ।

खबरहबसँग कुरा गर्दै उनले सरकारले नीति तथा कार्यक्रममार्फत सुकुम्वासी समस्या समाधानदेखि निजी क्षेत्रलाई सम्बोधन गर्ने पहलसम्म गरेको भन्दै सबै विषय समेटिएको बताए ।

अर्थविद् अनलराज भट्टराई

‘अलिकति ठोस परिणाम दिने हिसाबले पारदर्शीता ल्याउने, गैर आवासीय नेपालीलाई सहजीकरण गर्ने, सरकारले तोकेको भन्दा बढी लगानी ल्याउनेलाई भिसा दिने लगायत उत्पादन, उद्योग र विकासको विषयलाई सम्बोधन गर्ने कोसिस गरेको छ’, उनले भने, ‘यसले सबै क्षेत्रको मनोबल बढाउने हिसाबले प्रयास गरेको छ ।’

नीति तथा कार्यक्रमले पहिले जस्तो अति महत्वकांक्षा नराखेको र व्यवहारिक बढी देखिएको भन्दै अहिलेको सरकारले पहिलाको भन्दा बढी दायित्व महसुस गरेको जस्तो देखिएको उनले बताए ।

त्यस्तै, अर्का अर्थविद् गोविन्द नेपालले भने आफूले नीति तथा कार्यक्रमलाई धेरै स्मार्ट नदेखेको बताए ।

अर्थविद् गोविन्द नेपाल

उनले कार्यक्रममा धेरै कार्यक्रम पुराना पनि रहेको भन्दै सार्वजनिक सेवाको विषय, करको व्यवस्थापन लगायतका केही विषयमा भने ठोस गर्न खोजिएको बताए ।

साथै उनले रास्वपाको बाचा आफूलाई निकै चुस्त लागेकोमा सो आधारमा अलिक विषय समेटिएनकी भन्ने आफूलाई लागेको बताए ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ६ : ५२ बजे

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम