विश्वकप २०२६ का सबैभन्दा महंगा प्रशिक्षक को हुन् ? « Khabarhub

विश्वकप २०२६ का सबैभन्दा महंगा प्रशिक्षक को हुन् ?



फिफा विश्वकप २०२६ अब ढोकामै आइपुगेको छ । अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुने यस पटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हुनेछ, जहाँ पहिलो पटक ४८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकपमा खेलाडीहरू जति चर्चामा हुन्छन्, सफलता र असफलताको जिम्मेवारी भने धेरै हदसम्म प्रशिक्षकको काँधमा हुन्छ । यही कारण विश्वका शक्तिशाली फुटबल राष्ट्रले उत्कृष्ट प्रशिक्षक भित्र्याउन करोडौं पाउन्ड खर्च गर्न पछि परेका छैनन् ।

यस पटक सबैभन्दा धेरै कमाउने प्रशिक्षक हुन् ब्राजिलका कार्लो एन्सेलोटी । क्लब फुटबलमा अनेकौं सफलता चुमेका एन्सेलोटीलाई ब्राजिलले वार्षिक ८.२८ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ । पाँच पटकको विश्वविजेता ब्राजिलले सन् २००२ यता विश्वकप जित्न सकेको छैन। त्यसैले समर्थकलाई विश्वास छ कि एन्सेलोटीले २४ वर्ष लामो उपाधि खडेरी अन्त्य गराउनेछन् ।

सूचीको दोस्रो स्थानमा छन् इंग्ल्यान्डका थोमस टुचेल। वार्षिक ५.६ मिलियन पाउन्ड कमाउने टुचेललाई इंग्ल्यान्डले विश्वकप जिताउने लक्ष्यसहित नियुक्त गरेको हो । प्रतिभावान खेलाडीले भरिएको टोली भए पनि इंग्ल्यान्डले दशकौँदेखि ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन ।

तेस्रो स्थानमा छन् अमेरिकी टोलीका प्रशिक्षक मौरिसियो पोचेटिनो । टोटनह्याम, चेल्सी र पेरिस सेन्ट-जर्मेनजस्ता क्लब सम्हालिसकेका उनले वार्षिक ४.५३ मिलियन पाउन्ड कमाउँछन् । घरेलु मैदानमा खेल्ने अमेरिकाबाट यस पटक समर्थकको अपेक्षा पनि उच्च छ ।

त्यसपछि जर्मनीका युवा रणनीतिकार जुलियन नागेल्सम्यान आउँछन्, जसले वार्षिक ४.२ मिलियन पाउन्ड कमाउँछन्। चार पटकको विश्वविजेता जर्मनीलाई पुनः विश्व फुटबलको शिखरमा पुर्‍याउने जिम्मा उनकै काँधमा छ।

यस सूचीमा सबैभन्दा रोचक नाम भने उज्बेकिस्तानका फाबियो क्यानाभारो हुन्। उनले पहिलो पटक उज्बेकिस्तानलाई विश्वकपमा पुर्‍याएर इतिहास रचेका छन्। वार्षिक ३.५ मिलियन पाउन्ड कमाउने क्यानाभारोले आफ्नो तलबलाई मैदानमा नतिजामार्फत प्रमाणित गरिसकेका छन्।

समान तलब पाउने अर्का प्रशिक्षक हुन् रोबर्टो मार्टिनेज। पोर्चुगलले अझैसम्म विश्वकप ट्रफी उचाल्न सकेको छैन। विश्व फुटबलका स्टार खेलाडी भएको टोलीलाई उपाधिसम्म पुर्‍याउने चुनौती मार्टिनेजसामु छ।

फ्रान्सका डिडियर डेसच्याम्प्स पनि सर्वाधिक कमाउने प्रशिक्षकमध्ये पर्छन्। सन् २०१८ मा फ्रान्सलाई विश्वकप जिताएका उनले यस पटक दोस्रो उपाधिसहित आफ्नो अन्तर्राष्ट्रिय प्रशिक्षक करियरको अन्त्य गर्ने लक्ष्य राखेका छन्।

यस्तै नेदरल्यान्ड्सका रोनाल्ड कोम्यान, उरुग्वेका मार्सेलो बिएल्सा र अर्जेन्टिनाका लियोनेल स्कालोनीले वार्षिक २.६१ मिलियन पाउन्ड कमाउँछन्। विशेषगरी स्कालोनी लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा छन्, जुन उपलब्धि फुटबल इतिहासमा निकै दुर्लभ मानिन्छ।

यो सूचीको सबैभन्दा ठूलो आश्चर्य स्पेनसँग जोडिएको छ। युरो २०२४ जिताएर स्पेनलाई विश्व फुटबलको नयाँ शक्तिका रूपमा स्थापित गरेका लुइस डे ला फुएन्टे शीर्ष १० तलबधारी प्रशिक्षकमा नै छैनन्। तर तलब कम भए पनि उपाधि जित्ने सम्भावना भने स्पेनको निकै बलियो मानिएको छ।

अन्ततः विश्वकप केवल खेलाडीको लडाइँ मात्र होइन, प्रशिक्षकको रणनीतिक युद्ध पनि हो। करोडौं पाउन्डको तलब, अरबौं समर्थकको अपेक्षा र विश्व फुटबलको सर्वोच्च उपाधि यी सबैको भार बोकेर प्रशिक्षक मैदानमा उत्रिनेछन्। अब प्रश्न एउटै छ,सबैभन्दा महँगो प्रशिक्षकले नै विश्वकप जिताउनेछन्, कि कम चर्चित कुनै रणनीतिकारले इतिहास रच्नेछन्?

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ९ : ४३ बजे

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि