स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, तेल आपूर्तिमा संकट « Khabarhub

स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, तेल आपूर्तिमा संकट


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इरान र अमेरिकाबीचको सैन्य तनाव एकाएक उत्कर्षमा पुगेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानी इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य बेसलाई लक्षित गरी जवाफी आक्रमण सुरु गरेको छ । इरानले विशेष गरी कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा मिसाइल प्रहार गरेको दाबी गरेको छ ।

यसअघि, अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानभित्रका विभिन्न ठेगानाहरूमा ‘आत्मरक्षाका लागि’ भन्दै शृङ्खलाबद्ध हवाई आक्रमण गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप सैन्य कारबाही गर्ने चेतावनी दिँदै भनेका थिए, “आफ्नो हितमा हुने सम्झौताका लागि इरानले धेरै समय गुमायो, अब उसले यसको मूल्य चुकाउनुपर्नेछ ।”

इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी लडाकु विमानले इरानको रणनीतिक बन्दरगाह सहर बन्दर अब्बास, केशम टापु, दक्षिणी सहर सिरिक र मिनाब तथा राजधानी तेहरानको पश्चिमतर्फ रहेको कारज सहरका विभिन्न स्थानमा बमबारी गरेका छन् ।

फाइल

तनाव तीव्र बनेसँगै इरानको मेहर समाचार एजेन्सीले जनाए अनुसार इरानी सेनाले विश्वकै व्यस्त व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्मोज’ लाई पूर्ण रूपमा बन्द गर्न आदेश दिएको छ । अब यो मार्ग भएर कुनै पनि तेल ट्याङ्कर तथा व्यावसायिक जहाज आवतजावत गर्न पाउने छैनन् । इरानको यो कदमले विश्वव्यापी इन्धन आपूर्ति र अर्थतन्त्रमा गम्भीर असर पर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  १० : २५ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका