विश्वकप उपाधिको भविष्यवाणी : स्पेन र फ्रान्स मुख्य दाबेदार, कसरी गरियो अनुमान ? « Khabarhub

विश्वकप उपाधिको भविष्यवाणी : स्पेन र फ्रान्स मुख्य दाबेदार, कसरी गरियो अनुमान ?


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फुटबल जगतकै सबैभन्दा ठूलो महोत्सव ‘फिफा विश्वकप २०२६’ बिहीबारदेखि सुरु हुँदैछ । चार वर्षअघि कतारमा सम्पन्न रोमाञ्चक फाइनलमा फ्रान्सलाई पाखा लगाउँदै अर्जेन्टिनाले उपाधि जितेपछि सुरु भएको प्रतिक्षाको घडी सकिएको छ । संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा हुन लागेको यस संस्करणको उद्घाटन खेलमा बिहीबार मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन् ।

नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुने यस खेलसँगै आगामी केही सातासम्म चल्ने १०४ खेलको महाकुम्भको औपचारिक सुरुवात हुनेछ । विश्वकपको माहोल तातिरहेका बेला खेलकुद सञ्चारमाध्यम इएसपिएनका विश्वभरका पत्रकार तथा विज्ञले प्रतियोगिताको विजेता, उपविजेता र अन्य सम्भावित नतिजाबारे आफ्नो प्रक्षेपण सार्वजनिक गरेका छन् ।

सह-आयोजक राष्ट्र (अमेरिका, मेक्सिको र क्यानडा) मध्ये कुन टोली सबैभन्दा अगाडि बढ्ला र आगामी जुलाई १९ मा कसले स्वर्ण ट्रफी उचाल्ला भन्ने विषयमा १९ जना खेल विज्ञले आ-आफ्नो मत राखेका छन् । स्पेन र फ्रान्स मुख्य दाबेदार विज्ञको मतलाई हेर्दा यस पटक युरोपेली पावरहाउस स्पेन र फ्रान्सलाई उपाधिको मुख्य दाबेदार मानिएको छ । १९ मध्ये १६ जना विज्ञले यी दुई टोलीमध्ये एकले विश्वकप जित्ने अनुमान गरेका छन् । विशेष गरी स्पेन यस्तो एक मात्र टोली बनेको छ, जसलाई सबै १९ जना विज्ञले शीर्ष चारभित्र समेटेका छन् ।

विज्ञको ‘शीर्ष चार’ प्रक्षेपण:
इएसपिएनका १९ जना खेल विज्ञले यस पटकको विश्वकपमा शीर्ष चार स्थान हासिल गर्ने टोलीबारे गरेको प्रक्षेपण:

लिजी बेचेरानो: विजेता– स्पेन, उपविजेता– अर्जेन्टिना, तेस्रो– फ्रान्स, चौथो– इङ्गल्याण्ड

लुइस बुउ (इएसपिएन डिपोर्टस): विजेता– स्पेन, उपविजेता– पोर्चुगल, तेस्रो– नेदरल्याण्ड्स, चौथो– इङ्गल्याण्ड

बिल कोनेली: विजेता– इङ्गल्याण्ड, उपविजेता– स्पेन, तेस्रो– कोलम्बिया, चौथो– जर्मनी

रब डसन: विजेता– स्पेन, उपविजेता– अर्जेन्टिना, तेस्रो– पोर्चुगल, चौथो– ब्राजिल

डामियान डिडोनाटो (इएसपिएन अर्जेन्टिना): विजेता– जर्मनी, उपविजेता– अर्जेन्टिना, तेस्रो– स्पेन, चौथो– इङ्गल्याण्ड

एड डोभ: विजेता– फ्रान्स, उपविजेता– पोर्चुगल, तेस्रो– स्पेन, चौथो– इङ्गल्याण्ड

ओमार फ्लोरेस (इएसपिएन मेक्सिको): विजेता– फ्रान्स, उपविजेता– मोरक्को, तेस्रो– पोर्चुगल, चौथो– ब्राजिल

टम ह्यामिल्टन: विजेता– फ्रान्स, उपविजेता– अर्जेन्टिना, तेस्रो– स्पेन, चौथो– जापान

सेसर हर्नान्डेज: विजेता– फ्रान्स, उपविजेता– अर्जेन्टिना, तेस्रो– स्पेन, चौथो– ब्राजिल

एलेक्स किर्कल्याण्ड: विजेता– स्पेन, उपविजेता– इङ्गल्याण्ड, तेस्रो– फ्रान्स, चौथो– अर्जेन्टिना

जुलियन लरेन्स: विजेता– फ्रान्स, उपविजेता– इङ्गल्याण्ड, तेस्रो– पोर्चुगल, चौथो– स्पेन

बेथ लिन्डोप: विजेता– फ्रान्स, उपविजेता– स्पेन, तेस्रो– ब्राजिल, चौथो– इङ्गल्याण्ड

ग्याब मार्कोटी: विजेता– ब्राजिल, उपविजेता– फ्रान्स, तेस्रो– पोर्चुगल, चौथो– स्पेन

अर्मान्डो नेरिया (इएसपिएन मेक्सिको): विजेता– फ्रान्स, उपविजेता– स्पेन, तेस्रो– अर्जेन्टिना, चौथो– इङ्गल्याण्ड

मार्क ओग्डेन: विजेता– स्पेन, उपविजेता– ब्राजिल, तेस्रो– फ्रान्स, चौथो– पोर्चुगल

कोनर ओ’ह्यालोरन: विजेता– फ्रान्स, उपविजेता– इङ्गल्याण्ड, तेस्रो– स्पेन, चौथो– नेदरल्याण्ड्स

जेम्स ओली: विजेता– स्पेन, उपविजेता– पोर्चुगल, तेस्रो– फ्रान्स, चौथो– ब्राजिल

रोड्रा: विजेता– स्पेन, उपविजेता– फ्रान्स, तेस्रो– अर्जेन्टिना, चौथो– ब्राजिल

लियोनार्ड सोल्म्स (इएसपिएन अफ्रिका): विजेता– स्पेन, उपविजेता– फ्रान्स, तेस्रो– इङ्गल्याण्ड, चौथो– पोर्चुगल

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ११ : ०६ बजे

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

एजेन्सी– उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु