महालेखाको प्रतिवेदन देखाउँदै ज्ञानेन्द्रले साँधे अर्थमन्त्री स्वर्णिममाथि निशाना « Khabarhub

महालेखाको प्रतिवेदन देखाउँदै ज्ञानेन्द्रले साँधे अर्थमन्त्री स्वर्णिममाथि निशाना


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि निशाना साँधेका छन् ।

सभामुख डीपी अर्यालसँग आकस्मिक समय लिएर बोल्दै उनले विद्युतीय गाडीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेको गडबडीको ढाकछोप गर्ने काम भइरहेको उल्लेख गरे ।

उनले अघिल्लो संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर प्रतिपक्षी बेन्चबाट नेपाली कांग्रेस र नेकपा एमालेको सरकारमाथि निरन्तर खबरदारी गरेको पनि स्मरण गराए ।

‘हामीले पनि अघिल्लो संसद्मा सुशासनको पक्षमा हरियो रिबन बाँधेकै हौँ । त्यसबेला मन्त्रीहरूमाथि प्रश्न उठ्दा हामीले संसदीय समिति माग गर्दै आन्दोलन गरेका थियौँ’, उनले सभामुखलाई लक्षित गर्दै भने भने, ‘सम्माननीय पनि त्यसबेला प्रतिपक्षी बेन्चबाट आन्दोलित हुनु भएको थियो । तर विडम्बना कस्तो भने, सत्तामा पुगेपछि सबै कुरा बिर्सिने रहेछ ।’

उनले अर्थमन्त्री वाग्लेले विद्युती गाडी आयातका क्रममा गरिएको कर छलीको कुरामा झुटो बोलेका दाबी पनि गरे । ‘अर्थमन्त्रीले संसद्‍मा उभिएर झुटो बोलेको कुरा पुष्टि भएको छ। मसँग महालेखा परीक्षकको प्रतिवेदन साथमै छ । उक्त प्रतिवेदनको १५२ नम्बर पृष्ठमा विद्युतीय गाडीमा गडबडी भएको भनिएको छ’, उनले भने, ‘त्यहाँ स्पष्ट भनेक ईभी गाडीहरूमा जुन मोटर छ, त्यसको क्षमतालाई तलमाथि गरेर मात्रै २ अर्ब ८५ करोड छुट दिइएको छ ।’

उनले अघिल्लो सरकारले गरेको यो बदमासीलाई अहिले पनि निरन्तरता दिइएको दाबी गरे । उनले देशभर गरेर ३ अर्ब ७७ करोड ४४ लाख छुट महसुल तथा करकासम्बन्धमा भएको गडबडीको असुलउपर गर्नुपर्छ भनेर महालेखाले भनेको पनि बताए ।

उनले वर्तमान अर्थमन्त्री डा. वाग्लेले जेठ १५ गते बजेट ल्याउनुअघि ३ हजार विद्युतीय गाडी भित्रिएको पनि बताए । ‘गत जेठ १ गते देखि १४ गतेसम्म ३ हजार ईभी गाडी आएका छन् । गाडी आउँछन् जेठ २१ गते, भन्सार पास हुन्छ जेठ १४ गते, अनि करका दरको भेद थाहा नपाई यो हुँदैन’, उनले भने, ‘यसमा संसदीय समिति बनाउन किन सकिँदैन ? कसैलाई दोषी करार गर्न होइन तर सरकारले यसमा संसदीय बनाएर छानबिन गरोस्।’

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ११ : ५४ बजे

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को