विपिनको असन्तुष्टि : सांसद बोलिरहने, सरकारल‍े नसुन्ने अवस्था अब स्वीकार्य हुँदैन « Khabarhub

विपिनको असन्तुष्टि : सांसद बोलिरहने, सरकारल‍े नसुन्ने अवस्था अब स्वीकार्य हुँदैन

सरकारले नसुन्‍ने भए शून्य समयलाई ‘ब्ल्याक होल’ समय भनौँ


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिन आचार्यले वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारप्रति असन्तुष्टि पोखेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्ने क्रममा उनले सरकारको कार्यशैलीलप्रति असन्तुष्टि पोखेका हुन् ।

उनलले संसद्को शून्य समयमा बोलेका कुराहरू सरकारसम्म कार्यान्वयनमै लगिने कुरामा आशंका व्यक्त गरेका छन् ।

‘शून्य समयमा हामीले बोलेका कुराहरू सुनिन्छन्, टिपिन्छन् र कार्यान्वयनको प्रक्रियामा लगिन्छन् भने यसलाई शून्य समय होइन पूर्ण समय भनौँ’, उनले भने, ‘तर यदि जनताका पीडा सांसदका प्रश्न र देशका मुद्दाहरू जति बोले पनि शून्यमा शून्यसरी बिलाएर जाने हो भने यसको नाम शून्य समय होइन, ब्ल्याक होल समय राखौँ ।’

उनले ब्ल्याक होलमा प्रकाश पनि हराएझैँ संसद्मा नागरिकको आवाज, जनप्रतिनिधिको जवाफदेहिता र सरकारको जिम्मेवारी हराउन नहुने पनि बताएका छन् ।

‘शून्य समय केबल बोल्ने औपचारिकता होइन, यो जनताको पीडा संसद्मा प्रवेश गर्ने सं‌वैधानिक ढोका हो तर ढोका खुलेपछि बाटो पनि हुनुपर्छ । त्यसैले मेरो स्पष्ट प्रस्ताव छ, शून्य समयमा उठेका विषयहरू अभिलेखमा मात्रै सीमित नगरियोस्’, उनले भने, ‘ती विषयहरू तत्काल सम्बन्धित मन्त्रालयमा पठाइयोस्, निश्चित समयभित्र कार्यान्वयनको प्रगति सांसदलाई जानकारी गराइयोस्।’

रास्वपामा सभापति रवि लामिछानेनिकट उनले सांसद बोलेपछि सरकारले सुन्नुपर्ने बताए । ‘सांसद बोल्ने, सरकार नसुन्ने, जनता कराउने व्यवस्था नसुन्ने परम्परा अन्त्य हुनुपर्छ’, उनले भने, ‘यो समय शून्य होइन जनताको आवाजको पूर्ण समय बन्नुपर्छ ।’

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  १२ : ११ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट