चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप « Khabarhub

चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ जिल्लाका चार पालिकामा ३० हजार बालबालिका तथा किशोर किशोरीलाई निःशुल्क दादुराविरुद्धका खोप प्रदान गरिने भएको छ । 

गलकोट, बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका बासिन्दाहरुलाई दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए  ।

आगामी असार १ गतेबाट ७ गतेसम्म पालिकाका सबै खोप केन्द्रबाट छ महिनादेखि १९ वर्षसम्मका बालबालिका तथा किशोर किशोरीलाई उक्त खोप निःशुल्क प्रदान गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

उनका अनुसार दादुरा अत्यन्त सङ्क्रामक भाइरल रोग भएकाले यसको सङ्क्रमण फैलिन नदिन लक्षित क्षेत्रका सबै बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको हो ।
 
ज्वरो, रुघाखोकी वा शरीरमा रातो बिमिरा देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न, नियमित हात धुन, खोक्दा वा हाँच्छ्युँ गर्दा मुख छोप्न तथा सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरिएको छ । 
 

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  १२ : ४१ बजे

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को