ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस् « Khabarhub

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उनको परिवारलाई एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्न आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले निजी अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम हटाएकोप्रति विरोध गर्दै सो बताएका हुन् । 

‘अर्थमन्त्री ज्यू र अर्थमन्त्रीको परिवारलाई एउटा आग्रह गर्न चाहन्छु, एकपटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गरेर हेरिदिनुस्’, उनले भने, यसपछि थाहा हुनेछ कि वर्तमान अवस्थामा सरकारी अस्पतालको सम्पूर्ण जनसङ्ख्याको भार धान्न सक्छ कि सक्दैन ? सरकारी अस्पतालको क्षमता वृद्धि नगरे, चिकित्सकको सङ्ख्या नबढाई, उपकरणको व्यवस्था नगरी, सेवा विस्तार नगरी, स्वास्थ्य बिमाको पहुँच घटाउनु भनेको गरिबलाई उपचार नगर पीडा सह र अन्तमा मरेपनि राज्य जिम्मेवार हुँदैन भन्ने सन्देश दिनु जस्तै हो ।’

गरिब नागरिकहरू स्वास्थ्य बिमाका कारण निजी अस्पतालमा उपचार गर्न सकिरहेकोमा सरकारले केही निजी अस्पतालले घोटाला गरेको विषयलाई लिएर निजी अस्पतालबाट सो सेवा नै हटाएकोमा उनले विरोध गरे । 

‘केही निजी अस्पतालले घोटाला गरेका थिए भने त्यसको समाधानमा बिमा कटौती होइन, नियमन गर्ने, अनुगमन गर्ने, कारबाही गर्ने, शक्तिशाली नियामक निकाय गठन गर्नुपर्ने हो, हातमा चोट लाग्यो भन्दैमा उपचार गर्ने हो कि हातै काटेर फाल्ने हो ?’, उनले प्रश्न गरे ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  १ : १२ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको