विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन « Khabarhub

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सम्बन्धित सबै निकायलाई निर्देशन दिइसकेको बताएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री गुरुङले प्राकृतिक प्रकोपबाट प्रभावितहरूको व्यवस्थापनका लागि आवश्यक तयारी गर्न आवश्यक निर्देशन दिइसकेको बताएका हुन् । 

उनले विपद् व्यवस्थापनका लागि भइरहेका तयारीका बारेमा आफूले स्थलगत अनुगमन समेत गर्ने जानकारी दिए । खरिद प्रक्रिया लामो हुँदा उद्धार सामग्री समयमा नै आउन नसक्ने अवस्था समेत देखिएकाले काम गर्न सहज हुने गरी ऐन बनाउनुपर्नेमा उनले जोड दिए । 

मन्त्री गुरुङले यस पटकको बजेटको सिलिङ भन्दा २० अर्ब बढी रुपैयाँ थप भए पनि मन्त्रालयगत रुपमा प्रभावकारी रुपमा काम गर्न अझै पनि बजेट अभाव रहेको गुनासो गरे । 

उनले परम्परागत सुधारका प्रणालीबाट अव लागूऔषध नियन्त्रणमा आउन नसक्ने नदेखिएकाले सुधारका प्रभावकारी योजनाको तयारी भइरहेको जानकारी दिए । क्रस बोर्डरबाट लागूऔषध ओसारपसार देखिएकाले दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा संयुक्त अप्रेसन गर्न जरुरी देखिएको उनको भनाइ छ ।

त्यसैगरि बैठकमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अहिले सबभन्दा धेरै मधेश प्रदेश र कोशी प्रदेशमा लागूऔषध कारोबार बढी देखिएको जानकारी दिए । लागूऔषध नियन्त्रणका लागि निर्मम भएर कारबाही अघि बढाइएको उनले बताए । 

उनले पछिल्लो समय कार्गो कुरियरमार्फत समेत ओसारपसार भएकाले प्रहरीले निरन्तर निगरानी गरिरहेको उल्लेख गरे । लागूऔषध नियन्त्रणका लागि कारबाही भन्दा पनि सचेतना जरुरी रहेकाले समुदायमा गएर आवश्यक कार्यक्रमहरू समेत सञ्चालन भइरहेको उनको भनाइ छ ।  

बैठकमा समिति सदस्यहरूले लागूऔषध ओसारपसारलाई नियन्त्रण गर्न प्रभावकारी रुपमा काम गर्नुपर्ने सुझाव दिएका छन् । बैठकमा समिति सदस्य निश्कल राईले लागूऔषध नियन्त्रणका लागि जिल्ला र स्थानीय तहको निकायको काम प्रभावकारी हुन नसकेको बताए । 

मेडिकल व्यवसायीहरू नै लागूऔषध बेचबिखनमा लागेको भन्दै प्रशासनले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

त्यस्तै समिति सदस्य पद्मा अर्यालले कारबाहीले मात्रै लागूऔषध नियन्त्रण नहुने भन्दै सचेतना आवश्यक रहेको बताए ।

त्यस्तै अन्य सदस्यहरूले बिपद् व्यवस्थापनको तयारी, लागूऔषध नियन्त्रणको प्रयास लगायतका विषयमा चासो व्यक्त गरेका थिए । 

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  १ : ४८ बजे

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज

विश्वकपले बढेको बजार (तस्बिरहरू)

काठमाडौं– फुटबलको महाकुम्भ फिफा वर्ल्डकप २०२६ आज जुन ११ देखि

विश्वकपको माहौलमा गोकुल बास्कोटाको कटाक्ष : इटाली त एमाले भइगो

काठमाडौं– विश्वकप फुटबलको रौनक नजिकिँदै जाँदा राजनीतिक नेताहरू पनि आफूले

बजेटमाथि अमरेशकुमार सिंहको कडा टिप्पणी : ‘डरले शासन चल्छ तर विकास सम्भव छैन’

काठमाडौं– प्रतिनिधिसभामा आर्थिक वर्षको बजेटमाथि छलफलका क्रममा सांसद अमरेश कुमार सिंहले सरकारले

पाकिस्तानद्वारा अमेरिका-इरान तनावमा मध्यस्थता प्रयास जारी

इस्लामाबाद–  पाकिस्तान र इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो