विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले « Khabarhub

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ज्ञानमाथि नै प्रश्न उठाएका छन् । 

बिहीबार प्रतिनिधिसभामा बजेटमाथि आफ्नो विचार राख्दै उनले विदेशमा लगानी गर्ने नीति लिने कि देशमा लगानी गर्ने वातावरण बनाउने भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाएका हुन् ।

‘स्वदेशी उद्योगलाई संरक्षण गर्नुको सट्टा कमजोर बनाउने कुरा राष्ट्रहीत अनुकुल हुन सक्दैन’, उनले भने, ‘अर्थमन्त्रीले विदेशमा लगानी गर्ने वातावरण सहज बनाउने कुरा गरिरहनु भएको छ, प्रश्न उठ्छ नेपालबाट पुँजी बाहिर लैजाने वातावरण बनाउने कि विदेशमा रहेका नेपालीलाई नेपालभित्र लगानी गर्न प्रोत्साहन गर्ने रु हामीलाई आवश्यक के हो भन्ने कुरा अर्थमन्त्रीलाई यत्ति ज्ञान हुँदैन भने हामीले कसरी विज्ञ भन्न सक्छौँ ?’

नेपालमा नै उत्पादन हुने औषधिको सट्टा आयातित हुने औषधिलाई बजेटमार्फत सहज गरिएको भन्दै उनले यसको प्रत्यक्ष असर नेपाली औषधि उद्योगमा पर्ने उनले बताए । साथै, नेपालमा झण्डै ५० वटा औषधि उद्योग बन्द हुने अवस्थामा पुगेको पनि उनले बताए ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  १ : २४ बजे

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीले पुल बगाएपछि देवीघाटमा त्रिशूलीमाथि बनाइयो तुइन (तस्बिरहरू)

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा बाढीले पुल बगाएपछि त्रिशूली

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी