कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी « Khabarhub

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको दाबी गरेका छन् । 

आज प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा आयकर, अन्तःशुल्क तथा भन्सार प्रणालीमा गरिएका सुधार विगत केही वर्षयताकै महत्वपूर्ण संरचनागत सुधार रहेको बताए। 

“केही वस्तुमा करसम्बन्धी सुधार गरिएको छ, कर प्रणालीलाई क्रमशः सरल र पारदर्शी बनाउँदै लगिएको छ”, उनले भने। 

बैठकमा अर्थमन्त्री डा वाग्लेले आर्थिक विधेयकमा संशोधन गरी करका दर परिवर्तन गरिएको भन्ने आरोप अस्वीकार गरे। उनले रगत तथा भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दर, शिक्षासम्बन्धी कर व्यवस्था तथा विद्युतीय सवारीसाधनमा रोड डेभलपमेन्ट शुल्कसम्बन्धी छुटेका विषय समेट्न संशोधन गरिएको स्पष्ट पारे। 

अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठाइएका कर हेरफेर तथा अनियमिततासम्बन्धी आरोप निराधार रहेको बताए। बैठकमा जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा देखिएका विषय नीतिगत परिवर्तन नभई कर्मचारीस्तरमा भएका सामान्य प्राविधिक त्रुटि सच्याउने काम मात्र भएको स्पष्ट पारे। 

उनले विद्युतीय सवारीसाधन (इभी) सम्बन्धी कर संरचनाबारे स्पष्ट पार्दै रु ५० लाखसम्मका इभीलाई मध्यम वर्ग र युवाको पहुँचमा राख्ने उद्देश्यले रोड डेभलपमेन्ट शुल्कमा सहुलियत दिन खोजिएको बताए। 

‘कुनै व्यापारीलाई गोप्य सूचना दिएर गाडी भन्सार पास गराइएको भन्ने आरोप तथ्यहीन छ’, उनले भने, ‘यदि कसैसँग त्यस्तो प्रमाण छ भने सार्वजनिक गर्नुस्, म जवाफ दिन तयार छु ।’

मन्त्री वाग्लले कर प्रशासन, भन्सार प्रणाली र राजस्व व्यवस्थापनमा देखिएका विकृति हटाएर सुशासन र पारदर्शिता कायम गर्ने दिशामा सरकार अघि बढिरहेको बताए। 
 

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  २ : ३२ बजे

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न