पाकिस्तानद्वारा अमेरिका-इरान तनावमा मध्यस्थता प्रयास जारी « Khabarhub

पाकिस्तानद्वारा अमेरिका-इरान तनावमा मध्यस्थता प्रयास जारी


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद–  पाकिस्तान र इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो सैन्य तनावबीच मध्यस्थता प्रयासलाई निरन्तर अघि बढाइरहेको जनाएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले पत्रकारहरूसँग कुरा गर्दै हालको परिस्थितिले आशावादी हुन कठिन बनाए पनि शान्ति स्थापनाका लागि कूटनीतिक प्रयास जारी रहेको बताए। उनले ‘पाकिस्तानको मध्यस्थता प्रयास जारी छ र यसलाई कमजोर ठान्नु हुँदैन’ भन्दै वार्तामार्फत समाधान नै एकमात्र विकल्प भएको उल्लेख गरे।

प्रवक्ताका अनुसार इस्लामाबादले सबै पक्षलाई संवादमा फर्किन आग्रह गर्दै क्षेत्रीय शान्ति र स्थायित्वका लागि कूटनीतिलाई नै मूल मार्गका रूपमा अघि सारेको छ ।

यसैबीच, हालैको सैन्य घटनाक्रममा अमेरिका र इरानबीच हवाई आक्रमण र प्रतिआक्रमण भएको खबरपछि मध्यपूर्वमा तनाव झनै बढेको छ । अमेरिकी पक्षले इरानसँगको वार्ता प्रक्रिया अवरुद्ध भएको आरोपसमेत लगाएको छ ।

यसै सन्दर्भमा पाकिस्तानका गृहमन्त्री हालै इस्लामाबाद फर्किएर इरानी नेतृत्वलाई प्रधानमन्त्रीको सन्देश तथा पत्र हस्तान्तरण गरेको पुष्टि गरिएको छ, जसलाई पाकिस्तानको मध्यस्थता प्रयासको हिस्सा मानिएको छ ।

पाकिस्तानले आफूलाई निष्पक्ष संवादकर्ताका रूपमा प्रस्तुत गर्दै क्षेत्रीय युद्ध विस्तार रोक्न कूटनीतिक पहललाई निरन्तर अघि बढाउने संकेत दिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  २ : ५७ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका