दक्षिणकालीको सोखेलमा धान रोपाइँ सुरु (तस्बिरहरू) « Khabarhub

दक्षिणकालीको सोखेलमा धान रोपाइँ सुरु (तस्बिरहरू)

प्रि-मनसुन वर्षाले किसानलाई राहत  


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यकाको दक्षिणी सीमामा पर्ने दक्षिणकाली नगरपालिका–३ सोखेल क्षेत्रमा यस वर्षको धान रोपाइँ सुरु भएको छ । 

सिँचाइको उचित व्यवस्था भएका खेतहरूमा प्रि–मनसुनको समयमा भइरहेको वर्षाले थप राहत पुर्‍याएपछि किसानहरू खेताला तथा पर्म प्रणालीमार्फत रोपाइँमा जुटेका हुन् ।

यतिबेला सोखेलका फाँटहरूमा किसानहरू खेत तयारी, हिलो बनाउने तथा धानका रोप्ने काममा व्यस्त देखिन्छन्। पर्याप्त सिँचाइ र पानीको उपलब्धताका कारण रोपाइँ कार्य सहज बनेको स्थानीय किसानहरू बताउँछन् । 

स्थानीय कृषकहरूका अनुसार यस वर्ष जेठ अन्त्यदेखि परेको वर्षाले सिँचाइमा सहजता ल्याएको छ। विशेषगरी कुलो तथा अन्य सिँचाइ स्रोतको पहुँच भएका क्षेत्रमा रोपाइँ तीव्र रूपमा अघि बढेको छ ।

धान नेपालको प्रमुख खाद्यान्न बालीमध्ये एक हो। कृषि मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा वर्षे र चैते धान गरी कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । धान उत्पादनले देशको खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

तर पछिल्ला वर्षहरूमा धान खेती हुने क्षेत्रफल भने निरन्तर घट्दो क्रममा रहेको छ। सहरीकरणको विस्तार, कृषियोग्य जमिनको प्लटिङ, खेतीयोग्य भूमि गैर कृषि प्रयोजनमा प्रयोग हुनु तथा कृषि क्षेत्रमा जनशक्तिको अभावजस्ता कारणले धान रोप्ने कुल क्षेत्रफल वार्षिक रूपमा खुम्चिँदै गएको देखिन्छ। काठमाडौं उपत्यकाका ग्रामीण क्षेत्रहरूमा समेत बस्ती विस्तारसँगै कृषि भूमि घट्ने क्रम जारी छ ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ४ : २३ बजे

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी