विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू « Khabarhub

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग नियन्त्रण गर्न आयात, बजार व्यवस्थापन तथा उपलब्धतासम्बन्धी थप व्यवस्था लागू गरेको छ।

विभागले बुधबार एक सूचना जारी गर्दै यी औषधिहरूको उत्पादन, आयात तथा बिक्री वितरणमा निगरानी बढाइएको जनाएको हो । विभागका अनुसार पछिल्लो समय उक्त औषधिको दुरुपयोग बढ्दै गएको गुनासो र सूचनाका आधारमा नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।

सूचनाअनुसार प्रेगाबालिन औषधिको आयात तथा खपत परिमाण बढाउन चाहने आयातकर्ताले खुद्रा औषधि पसल तहसम्मको बजार आवश्यकताको विवरण विभागमा पेश गर्नुपर्नेछ । साथै आयातकर्ताले प्रत्येक ६ महिनामा खुद्रा तहसम्मको खपत विवरण विभागमा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, खुद्रा औषधि पसलहरूले प्रेगाबालिन बिक्री गर्दा बिरामीको विवरण तथा औषधि सिफारिस गर्ने चिकित्सकको विवरण नाम र नेपाल मेडिकल काउन्सिल नम्बर अभिलेख राख्नुपर्नेछ । सो विवरण सफ्ट वा हार्ड कपी दुवै माध्यमबाट सुरक्षित राख्न सकिने विभागले जनाएको छ ।

डाइसाइक्लोमिन र प्रोमेथाजिन औषधिका उत्पादक तथा आयातकर्तालाई पनि वितरण तहसम्मको अभिलेख व्यवस्थित गर्न निर्देशन दिइएको  छ। विभागले डिस्ट्रिब्युटरहरूले खुद्रा तहसम्मको बिक्री–वितरणको रेकर्ड राख्नुपर्ने व्यवस्था गरेको जनाएको छ ।

विभागका अनुसार नयाँ व्यवस्थाले औषधिको अनधिकृत प्रयोग तथा दुरुपयोग नियन्त्रण गर्न, साथै बजारमा आवश्यक मात्रामा उपलब्धता सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रेगाबालिन, डाइसाइक्लोमिन र प्रोमेथाजिन यो औषधी कुन रोगको हो ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ३ : ३८ बजे

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी