बालेननिकट नेता विजय भएपछि सरिनले छोडिन् रास्वपा « Khabarhub

बालेननिकट नेता विजय भएपछि सरिनले छोडिन् रास्वपा


२८ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश अधिवेशनमा पराजित भएपछि गोमा तामाङ सरिनले पार्टी छोडेको घोषणा गरेकी छन् । अधिवेशनमा पराजित हुने देखेपछि सभापति पदकी उम्मेदवार सरिनले राजनीतिबाट अलग हुने घोषणा गरेकी हुन् । प्रदेश सभापतिमा चन्द्र राई विजयी भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी छाडेको घोषणा गरिन् ।

उनले फेसबुकमा लेखेकी छिन्, आजबाट राजनीतिक बिट मारेँ । मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’ कोशी प्रदेशको नेतृत्वका लागि भएको निर्वाचनमा कुल ७०२ मत खसेको थियो । निर्वाचक कमिटीले अन्तिम मतपरिणम भने सार्वजनिक गरेको छैन ।

तामाङले यसअघि नै गुटगत राजनीति भएको भन्दै असन्तुष्टि जनाइसकेकी थिइन् । सुरुवातबाट नै राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएकी उनी रवि लामिछाने निकट नेतृ मानिन्छिन् । तर पार्टीभित्र भने उनी निर्वाचन अगाडिबाट नै असन्तुष्ट थिइन् । समानुपातिक कोटामा आदिवासी जनजातिको प्रतिनिधित्व नहुने हिसाबले राखिएको विषयमा उनले सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

चन्द्र राईलाई प्रधानमन्त्री बालेन्द्र निकट नेता मानिँदै आएको छ। सरिनले निकटस्थहरुसँग राईलाई जिताउन महामन्त्रीसहित बालेनको टिमले महत्वपूर्ण भूमिका खेलेको दाबी गरेको बताइन्छ । उनले महामन्त्री भूपदेव शाहले राईलाई जिताउन महत्वपूर्ण भूमिका खेलेको आरोप लगाएको उनी निकट नेताले जानकारी दिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ४ : ५२ बजे

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध