बालेननिकट नेता विजय भएपछि सरिनले छोडिन् रास्वपा « Khabarhub

बालेननिकट नेता विजय भएपछि सरिनले छोडिन् रास्वपा


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश अधिवेशनमा पराजित भएपछि गोमा तामाङ सरिनले पार्टी छोडेको घोषणा गरेकी छन् । अधिवेशनमा पराजित हुने देखेपछि सभापति पदकी उम्मेदवार सरिनले राजनीतिबाट अलग हुने घोषणा गरेकी हुन् । प्रदेश सभापतिमा चन्द्र राई विजयी भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी छाडेको घोषणा गरिन् ।

उनले फेसबुकमा लेखेकी छिन्, आजबाट राजनीतिक बिट मारेँ । मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’ कोशी प्रदेशको नेतृत्वका लागि भएको निर्वाचनमा कुल ७०२ मत खसेको थियो । निर्वाचक कमिटीले अन्तिम मतपरिणम भने सार्वजनिक गरेको छैन ।

तामाङले यसअघि नै गुटगत राजनीति भएको भन्दै असन्तुष्टि जनाइसकेकी थिइन् । सुरुवातबाट नै राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएकी उनी रवि लामिछाने निकट नेतृ मानिन्छिन् । तर पार्टीभित्र भने उनी निर्वाचन अगाडिबाट नै असन्तुष्ट थिइन् । समानुपातिक कोटामा आदिवासी जनजातिको प्रतिनिधित्व नहुने हिसाबले राखिएको विषयमा उनले सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

चन्द्र राईलाई प्रधानमन्त्री बालेन्द्र निकट नेता मानिँदै आएको छ। सरिनले निकटस्थहरुसँग राईलाई जिताउन महामन्त्रीसहित बालेनको टिमले महत्वपूर्ण भूमिका खेलेको दाबी गरेको बताइन्छ । उनले महामन्त्री भूपदेव शाहले राईलाई जिताउन महत्वपूर्ण भूमिका खेलेको आरोप लगाएको उनी निकट नेताले जानकारी दिए ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ४ : ५२ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको