सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’ « Khabarhub

सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डा. भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र ‘गौँथली’ निर्माण गरेर प्रदर्शन गरेका थिए । चिकित्सकसँगै साहित्यकार समेत रहेका उनले उक्त चलचित्रको कथा श्रीमती सरला रिजालको जीवनीसँग प्रभावित भएर तयार गरेका थिए ।

सानै उमेरमा विवाह बन्धनामा बाँधिएकी सरलाको पढ्ने चाहना रोकियो । श्रीमानको हेरचाह गर्दै, श्रीमती र बुहारीको दायित्व निर्वाह गर्दा उनले अध्यनलाई निरन्तरता दिन पाइनन् । यही कथालाई डा. रिजालले गीति कथानक चलचित्रका रुपमा तयार गरे । जहाँ संवाद थिएन, तर भावना व्यक्त गरिएका थिए । सोही कथालाई संवादको स्वरूप दिएर डा. रिजालका छोरा डा. कपिलले सोही शीर्षक र कथामा चलचित्र ‘गौँथली’ तयार गरेका हुन् ।

आगामी साउन १ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘गौँथली’ मा एसईईसम्म पढ्ने इच्छा बोकेकी बालिकाको सानै उमेरमा विवाह भएपछिको कथालाई देखाइएको छ । सानो उमेर, नयाँ परिवार र ठाउँ तथा पढ्ने चाहनालाई गौँथली नामक पात्रले कसरी पुरा गर्छिन् वा उनको सपना पुरा हुँदैन् ? यही जिज्ञाशा चलचित्र ‘गौँथली’ मा छ ।

चलचित्रका निर्देशक डा. कपिलले शुक्रबार आयोजित अन्तरक्रियात्मक कार्यक्रममा चलचित्रको कथाले मनोरञ्जनसँगै सामाजिक विषयलाई उजागर गरेको बताए । उनले भने, ‘अहिले पनि गौँथली छन्, केवल भन्न सकेका छैनन् वा बाहिर आएका छैनन् । मैले यो कथालाई नजिकबाट महसुस गरेको छु, बुवा (डा. भोला रिजाल) आज जुन स्थानमा हुनुहुन्छ, त्यहाँ पुग्न मेरी आमा (सरला रिजाल)ले धेरै त्याग गर्नुभएको छ । बाल्यकालमा विवाह भएर आएपछि बुवा आफ्नो अध्यनको शिलशिलामा बाहिर बस्नुहुन्थ्यो, त्यो समयमा घरसँगै हाम्रो दायित्व पनि आमाले निर्वाह गर्नुभएको हो । त्यहि भावनालाई चलचित्रको स्वरूप दिएर तयार गरेका छौँ ।’

बेलायतमा दन्त चिकित्सक रहेका डा. रिजाल पछिल्लो समय चलचित्रको काममा व्यस्त छन् । ‘मैले पहिलादेखि नै साङ्गीतिक श्रव्यदृश्य, छोटा चलचित्र बनाउँथे, रहर थियो । अहिले सही समयमा चलचित्र निर्देशन गरिरहेको छु, मेरा चलचित्रले मनोरन्जनसँगै सामाजिक सन्देश पनि दिएका छन्’, निर्देशक डा. रिजालले भने ।

उनले निर्देशन गरेको चलचित्र ‘ह्यारीकी प्यारी’ र ‘गौँथली’ मा स्वास्थ्यसँग सम्बन्धित विषय जोडिएको छ । ‘ह्यारीकी प्यारी’ मा वीर्य दानको विषयवस्तु तथा ‘गौँथली’ मा ‘अटिजम’ भएका व्यक्तिको जीवनशैलीलाई प्रस्तुत गरिएको छ । ग्रामीण परिवेशमा तयार गरिएको चलचित्रमा ‘अटिजम’ भएका युवकको रुपमा अभिनेता अरुण क्षेत्री र एसर्इई उत्तिर्ण गर्ने सपना बोकेकी बालिकाको रुपमा अभिनेत्री सिम्रन खड्का देखिएका छन् ।

अभिनेता क्षेत्रीसामु चलचित्रमा ‘अटिजम’ भएको युवाको भूमिका कसरी निर्वाह गर्ने भन्ने चुनौती थियो । ‘अटिजमबारे मेरो बुझाइ फरक रहेछ, मैले विस्तारै बुझ्न थाले । ती फरक क्षमता भएकासँग समय बिताए, उहाँहरूको मानसिकता र फरक क्षमतालाई बुझ्ने कोसिस गरेँ’, उनले भने ।

उक्त चलचित्रकी अभिनेत्री सिम्रन खड्काले आफूले निर्वाह गरेको पात्रका बारेमा सोच्दा पनि असहज हुने गरेको बताए । ‘म वा मेरो पुस्ताले गौँथलीले भोग्नु परेको कठिनाई र गर्नु परेको सङघर्ष सुन्दा पनि असहज हुन्छ, चलचित्रको माध्यम अन्यभन्दा सशक्त छ, त्यसैले यसले मनोरञ्जनसँगै सामाजिक संदेश दिन्छ’, उनले भने ।

निर्माता सुमन गिरीले यसअघि ‘६ एकान ६’, ‘वडा नम्बर ६’, ‘छक्का पञ्जा’ जस्ता चलचित्रमा काम गरेका थिए । निर्माण र चलचित्र ‘प्रोडक्सन’ मा जोडिएका उनले सामजिक दायित्व बुझेर चलचित्र ‘गौँथली’ निर्माण गरेको बताए ।

‘हामीले हास्यप्रधान वा अन्य मनोरञ्जनात्मक चलचित्र निर्माण गर्न सक्थ्यौं, तर सामाजिक विषयलाई दर्शकसामु ल्याएका छौँ । यसले मनोरञ्जनसँगै केही सिकाउँछ, हामीले गौँथलीलाई पुनः दर्शकमाझ संवाद राखेर ल्याएका छौँ’, निर्माता गिरीले भने ।

उक्त चलचित्रमा अभिनेता क्षेत्री र अभिनेत्री खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गरेका छन् ।

डा. भोला रिजालको कथामा आधारित उक्त चलचित्रको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गर्नुभएको हो । निर्देशक रिजालले ‘गौँथली’ले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको बताए ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  १२ : ०२ बजे

राष्ट्र बैंकको निर्देशन : निष्क्रिय खाता न्यूनीकरणका लागि कार्ययोजना बनाएर लागू गर्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै

शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट

कैलाली– कैलालीको गोदावरी नगरपालिका-२ तेघरीका किसान रामचन्द्र भट्ट शीतलचिनी (मोरिङ्गा)