गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू)  « Khabarhub

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग गर्दै उनका आफन्त, साथीभाइ तथा समर्थकहरूले शनिबार वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा गणेश नेपालीलाई न्याय दिलाउन सरकारसँग माग गरेका थिए।

प्रदर्शनमा मुगुका पूर्व दलित सभासदहरू, फिल्म निर्देशक मिनभान बानलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

प्रदर्शनका क्रममा सहभागीहरू सडकतर्फ जान खोजेपछि नेपाल प्रहरीले रोक्ने प्रयास गरेको थियो। त्यस क्रममा केहीबेर प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको थियो। पछि प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि प्रदर्शन शान्तिपूर्ण रूपमा जारी रहेको थियो।

गणेश नेपालीले केही दिनअघि काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको निधन भएपछि घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्दै उनका आफन्त तथा समर्थकहरूले निरन्तर आवाज उठाइरहेका छन्।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ३ : ४९ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक