भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु « Khabarhub

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यम भिएनएक्सप्रेसका अनुसार डुङ्गामा ३२ जना भारतीय पर्यटकसहित चालक दलका सदस्य र सेवाकर्मी गरी ३६ जना सवार थिए।

दुर्घटनापछि सञ्चालन गरिएको उद्धार अभियानमा २१ जनालाई सकुशल उद्धार गरिएको छ भने १५ जनाको शव फेला परेको अधिकारीहरूले जनाएका छन्।

घटनालगत्तै स्थानीय प्रशासन, तटरक्षक बल तथा आसपास रहेका अन्य डुङ्गाको सहयोगमा उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको थियो।

डुङ्गा पल्टिनुको कारण खुल्न नसकेको भन्दै सम्बन्धित निकायले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ५ : ०४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको