भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु « Khabarhub

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यम भिएनएक्सप्रेसका अनुसार डुङ्गामा ३२ जना भारतीय पर्यटकसहित चालक दलका सदस्य र सेवाकर्मी गरी ३६ जना सवार थिए।

दुर्घटनापछि सञ्चालन गरिएको उद्धार अभियानमा २१ जनालाई सकुशल उद्धार गरिएको छ भने १५ जनाको शव फेला परेको अधिकारीहरूले जनाएका छन्।

घटनालगत्तै स्थानीय प्रशासन, तटरक्षक बल तथा आसपास रहेका अन्य डुङ्गाको सहयोगमा उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको थियो।

डुङ्गा पल्टिनुको कारण खुल्न नसकेको भन्दै सम्बन्धित निकायले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ५ : ०४ बजे

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई