मलको माग उच्च, आपूर्ति न्यून « Khabarhub

मलको माग उच्च, आपूर्ति न्यून


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि २६ गतेसम्म एक हजार २८७.७ मेट्रिक टन युरिया र २९५.७ मेट्रिक टन डिएपी बिक्री गरेको छ । यस अवधिमा पोटास ३३.२५ मेट्रिक टन बिक्री भएको छ ।

प्रादेशिक कार्यालयका प्रबन्धक नवलसिंह बोगटीले धानखेतीका लागि आवश्यक पर्ने मल किसानसम्म पुर्याउने क्रममा कम्पनीले उक्त परिमाणमा मल बिक्री गरेको बताए । धानखेतीको मुख्य समयमा मलको माग बढ्ने भएकाले कम्पनीले सहकारी तथा कृषि सामग्रीको बिक्री केन्द्रमार्फत किसानसम्म पुर्याउँदै आएको उनले जानकारी दिए ।

उपलब्ध मल बिक्री भइरहे पनि मागको तुलनामा आपूर्ति भने अझै बढाउनुपर्ने अवस्था रहेको छ । धनगढीका लागि युरिया एक हजार ९४७.७०५ र डिएपी एक हजार ९१५.८१५ मेट्रिक टन आवश्यक कोटा रहेको प्रबन्धक बोगटीले जानकारी दिए ।

हालको बिक्रीपछि कम्पनीमा युरिया ११०.२५०, डिएपी ३१ र पोटास ९३.६५० मेट्रिक टन मौज्दात रहेको छ । मङ्गलबारसम्म बिक्री र मौज्दात जोड्दा युरिया एक हजार ३९७.९५५ तथा डिएपी ३२६.७ मेट्रिक टन पुगेको छ ।

आवश्यक कोटासँग तुलना गर्दा बिक्री तथा मौज्दातमा रहेको मल युरियातर्फ करिब ७२ प्रतिशत र डिएपीतर्फ करिब १७ प्रतिशतमात्रै पुग्छ । यसमध्ये डिएपीको आपूर्ति अन्तर तुलनात्मक रूपमा बढी देखिएको छ ।

कम्पनीको विवरणअनुसार आवश्यक कोटाको तुलनामा युरियामा ५४९.७५५ र डिएपीमा एक हजार ५८९.११५ मेट्रिक टन कमी देखिएको छ । धानखेतीका लागि मलको माग बढेको समयमा डिएपीको आपूर्ति कमजोर हुँदा किसानले मलका लागि समस्या भोग्नु परिरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ११ : १६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का