मलको माग उच्च, आपूर्ति न्यून « Khabarhub

मलको माग उच्च, आपूर्ति न्यून


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि २६ गतेसम्म एक हजार २८७.७ मेट्रिक टन युरिया र २९५.७ मेट्रिक टन डिएपी बिक्री गरेको छ । यस अवधिमा पोटास ३३.२५ मेट्रिक टन बिक्री भएको छ ।

प्रादेशिक कार्यालयका प्रबन्धक नवलसिंह बोगटीले धानखेतीका लागि आवश्यक पर्ने मल किसानसम्म पुर्याउने क्रममा कम्पनीले उक्त परिमाणमा मल बिक्री गरेको बताए । धानखेतीको मुख्य समयमा मलको माग बढ्ने भएकाले कम्पनीले सहकारी तथा कृषि सामग्रीको बिक्री केन्द्रमार्फत किसानसम्म पुर्याउँदै आएको उनले जानकारी दिए ।

उपलब्ध मल बिक्री भइरहे पनि मागको तुलनामा आपूर्ति भने अझै बढाउनुपर्ने अवस्था रहेको छ । धनगढीका लागि युरिया एक हजार ९४७.७०५ र डिएपी एक हजार ९१५.८१५ मेट्रिक टन आवश्यक कोटा रहेको प्रबन्धक बोगटीले जानकारी दिए ।

हालको बिक्रीपछि कम्पनीमा युरिया ११०.२५०, डिएपी ३१ र पोटास ९३.६५० मेट्रिक टन मौज्दात रहेको छ । मङ्गलबारसम्म बिक्री र मौज्दात जोड्दा युरिया एक हजार ३९७.९५५ तथा डिएपी ३२६.७ मेट्रिक टन पुगेको छ ।

आवश्यक कोटासँग तुलना गर्दा बिक्री तथा मौज्दातमा रहेको मल युरियातर्फ करिब ७२ प्रतिशत र डिएपीतर्फ करिब १७ प्रतिशतमात्रै पुग्छ । यसमध्ये डिएपीको आपूर्ति अन्तर तुलनात्मक रूपमा बढी देखिएको छ ।

कम्पनीको विवरणअनुसार आवश्यक कोटाको तुलनामा युरियामा ५४९.७५५ र डिएपीमा एक हजार ५८९.११५ मेट्रिक टन कमी देखिएको छ । धानखेतीका लागि मलको माग बढेको समयमा डिएपीको आपूर्ति कमजोर हुँदा किसानले मलका लागि समस्या भोग्नु परिरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ११ : १६ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण