‘कांग्रेस फुट्ने कि जुट्ने देउवाले बोलेपछि स्पष्ट हुन्छ‘ « Khabarhub

‘कांग्रेस फुट्ने कि जुट्ने देउवाले बोलेपछि स्पष्ट हुन्छ‘


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस फुट्ने वा नफुट्ने विषय पूर्वसभापति शेरबहादुर देउवा नेपाल आएर धारणा राखेपछि मात्रै स्पष्ट हुने नेता रमेश लेखकले बताएका छन्।

पूर्वगृहमन्त्रीसमेत रहेका तथा देउवाका विश्वासपात्र मानिने लेखकले देउवाले २९ गते सम्बोधन गरेपछि कांग्रेस कसरी अघि बढ्ने भन्ने विषयमा टुंगो लाग्ने बताए।

संस्थापनइतर समूहले २९ गते काठमाडौंमा शक्ति प्रदर्शनसहित राष्ट्रिय भेला आयोजना गर्दैछ। उक्त भेलामा पूर्वसभापति देउवासहित विभिन्न नेताले समसामयिक राजनीतिक विषयमा धारणा राख्ने कार्यक्रम छ।

‘कसरी अगाडि बढ्ने भन्ने विषयमा शेरबहादुर दाइ आएपछि आफ्ना कुरा राख्नुहोला। त्यसपछि यही गर्ने भन्ने एउटा निष्कर्षमा पुग्छौँ,’ लेखकले खबरहबसँग भने, ‘२९ गते उहाँसहित अन्य नेताहरूले बोलेपछि सबै कुरा क्लियर हुन्छ।’

फागुनमा हुने निर्वाचनअघि कांग्रेसले विशेष महाधिवेशनमार्फत गगन थापालाई सभापतिमा निर्वाचित गरेको थियो। तर, देउवा पक्षले थापाको नेतृत्वलाई अस्वीकार गर्दै आएको छ।

यसैबीच, नेता शेखर कोइराला पनि पछिल्लो समय देउवा पक्षसँग नजिकिएको चर्चा छ। कोइरालाले समेत २९ गते हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १ : २४ बजे

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु

बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध

काठमाडौं– बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक अवरुद्ध

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको