लाल सागरमा हुथी आक्रमण : यमनी मालवाहक जहाजमा ६ जनाको मृत्यु « Khabarhub

लाल सागरमा हुथी आक्रमण : यमनी मालवाहक जहाजमा ६ जनाको मृत्यु


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाल सागरको बाब अल–मन्डेब जलडमरूमध्यमा हुथी विद्रोहीहरूले मालवाहक जहाजमाथि गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ। आक्रमणमा चार जना चालक दलका सदस्य र दुई जना उद्धारकर्मीको मृत्यु भएको यमनी अधिकारीहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मंगलबार हुथीहरूले ‘तिहामाह’ नामक मालवाहक जहाजलाई लक्षित गरी आक्रमण गरेका थिए। जहाजमा रहेका चार चालक दलका सदस्य-तीन पाकिस्तानी र एक इन्डोनेसियाली नागरिक—को मृत्यु भएको छ। घटनास्थलमा उद्धारका लागि पुगेका हुथीविरोधी यमनी समूहसँग सम्बन्धित दुई उद्धारकर्मीसमेत मारिएका छन्। आक्रमणमा अन्य १० जना घाइते भएको जनाइएको छ।

हुथीहरूले जहाजमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि आगलागी भएको थियो। उद्धार तथा अनुसन्धानका लागि टोली परिचालन भइसकेपछि पनि जहाजमाथि पुनः आक्रमण गरिएको र त्यसबाट उद्धारकर्मी तथा जहाजमा रहेका अन्य व्यक्तिको ज्यान जोखिममा परेको अधिकारीहरूले बताएका छन्।

प्रारम्भिक विवरणमा जहाज साउदी स्वामित्वको रहेको बताइए पनि जहाजको ट्र्याकिङ तथा समुद्री तथ्याङ्कले तिहामाह इजिप्ट र यमनमा दर्ता भएका कम्पनीसँग सम्बन्धित रहेको देखाएको रोयटर्सले जनाएको छ।

यो आक्रमण सन् २०२६ मा इरानसँगको युद्ध सुरु भएपछि हुथी समूहबाट व्यावसायिक पानीजहाजमाथि भएको पहिलो पुष्टि भएको घातक आक्रमण भएको बताइएको छ। लाल सागर र बाब अल–मन्डेब क्षेत्र विश्व व्यापारका लागि महत्वपूर्ण समुद्री मार्ग भएकाले पछिल्लो घटनाले अन्तर्राष्ट्रिय जल यातायातको सुरक्षाबारे थप चिन्ता बढाएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १ : ४६ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ