आज पनि नेप्से परिसूचक झिनो अंकमै सीमित  « Khabarhub

आज पनि नेप्से परिसूचक झिनो अंकमै सीमित 


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से परिसूचक शून्य दशमलव ५५ अंकले बढेर दुई हजार छ सय ४२ दशमलव ४० मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ३९ अंकले बढेर चार सय ६३ दशमलव ६१ मा पुगेको छ । त्यस्तै, फ्लोट परिसूचक शून्य दशमलव २० अंकले बढेर एक सय ८१ दशमलव ५६ तथा सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ४८ अंकले बढेर एक सय ५६ दशमलव ९६ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ८७ लाख एक हजार नौ सय ४४ कित्ता सेयर तीन अर्ब ५३ करोड २१ लाख पाँच हजार पाँच सय १८ मूल्यमा खरिदबिक्री भएका छन् ।

कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको सूचक बढेको छ भने सात उपसमूहको सूचक घटेको छ । आज एक सय दुई कम्पनीको सेयर मूल्य बढ्दा एक सय ६५ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनी, इमर्जिङ नेपाल र एचआइडिसिएलका लगानीकर्ताले कमाएका छन् । त्यस्तै, आइसिएफसी फाइनान्स डिबेञ्चर, अपर लोहोरे खोला हाइड्रोपावर तथा प्रभु बैंक डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ४ : २९ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई