कोशी सरकारबाट कांग्रेसका ५ मन्त्रीले दिए सामूहिक राजीनामा « Khabarhub

कोशी सरकारबाट कांग्रेसका ५ मन्त्रीले दिए सामूहिक राजीनामा


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले सामूहिक राजीनामा दिएका छन्। कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर मुख्यमन्त्री हिक्मत कुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।

भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवारको नेतृत्वमा कांग्रेसका मन्त्रीहरूले राजीनामा बुझाएसँगै कांग्रेस औपचारिक रूपमा कोशी प्रदेश सरकारबाट बाहिरिएको छ।

राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बु, उद्योग, कृषि तथा सहकारी मन्त्री इसराइल मन्सुरी र राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वा रहेका छन्।

राजीनामा पछि सञ्चारकर्मीसँग कुरा गर्दै भौतिक पूर्वाधार विकास मन्त्री सुनुवारले लोकतन्त्रमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने भएकाले कांग्रेस सरकारबाट बाहिरिएको बताउनुभयो।

यसअघि एमाले र नेकपाबीच प्रदेश सरकार गठनका विषयमा तीनबुँदे सहमति भएपछि नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको थियो। समर्थन फिर्ता लिएपछि पनि कांग्रेसका मन्त्रीहरू सरकारमै रहेका थिए। बुधबार भने कांग्रेसले आफ्ना मन्त्रीहरूलाई राजीनामा गराउँदै औपचारिक रूपमा सरकारबाट बाहिरिएको हो।

कांग्रेस सरकारबाट बाहिरिएसँगै कोशी प्रदेश सरकारको आगामी राजनीतिक समीकरण थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ६ : २४ बजे

इन्टर मियामी लिग कपबाट बाहिरियो

काठमाडाैं – अर्जेन्टिनाका स्टार लियोनेल मेसी बुबा जर्जको निधनपछि पहिलोपटक

राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता

काठमाडौं – विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष

गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो

गण्डकी – यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेङ्गीको सङ्क्रमण

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि